काठमाडौं, जेठ १६ – इण्डियन प्रीमियर लीग (आइपीएल) को नवौं संस्करणको उपाधिको लागि आज बैंगलोर र हैदराबाद भिड्दै छन् । बैंलोरको एम चिन्नास्वामी रंगशालामा नेपाली समय अनुसार आज साँझ सवा ८ बजे दुई टिम एक आपसमा भिड्नेछन्।
यसअघि सन् २००९ र २०११ मा फाइनलमा पुगेको बैंलोर उपाधि विहिन भएको थियो। यसपटक विराट कोहलीको नेतृत्वमा रहेको बैंलोर उपाधि जित्न आतुर रहेको छ।

kohli-pti-m1
यता डेभिड वार्नरको नेतृत्वमा रहेको सनराइज हैदारावाद पहिलो पटक फाइनलमा पुगेको हो।
लीग चरणको सुरूवाती खेलमा पराजित भएपछि पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बैंलोर उपाधि नजिक पुगेको हो। उसका लागि कप्तान विराट कोहली र एडिबि बिलियर्सले उत्कृष्ट प्रदर्शन गरे।

कोहलीले अहिलेसम्म ९१९ रन बनाइसकेका छन्। प्रतियोगितामा उनले चार सतक र ६ अर्धसतक प्रहार गरिसकेका छन्। यस्तै डिविलियर्सले एक सतकसहित समान ६ अर्धशतकीय पारी खेल्दै ६८२ रन बनाइसकेका छन्।
यी दुई बाहेक बैंलोरका लागि क्रिश गेल, लोकेश राहुल र शेन वाटसनले टिमलाई मध्यक्रममा सम्हालेका छन्। यस्तै सचिन बेबीले पछिल्लो क्रममा टिमलाई सम्हालेका छन्।
आजको यो फाइनलमा उत्कृष्ट ब्याटिङ र बलिङको महा भिडन्त हुने भएको छ।