जनार्दनले यसरी हप्काए ओलीलाई

janardan-sharma

काठमाडौं, असोज ५ – बैठक, छलफलहरुमा सबैलाई उखान र तर्क हालीहाली ठेगान लगाउने केपी ओली वाक्क भए भन्दा पत्याउन मुस्किल होला । तर, एकदिन त्यस्तै भयो । ‘ए त्यस्तो पो रहेछ, मलाई त पत्तै थिएन ।
प्रसंग एमालेले भारत जानु अघिल्लो दिन प्रचण्डसँग ज्ञापनपत्र बुझाएको क्षणको हो । ओलीले चेतावनीको स्वरमा भने, ‘अरु जे गरे पनि हामीले गरेको राम्रो काम उल्ट्याउनतिर चाहिँ नलाग्नु होला।’ प्रधानमन्त्रीको छेउमै बसेका उर्जामन्त्री जनार्दन शर्माले तुरुन्तै प्रतिवाद गरे, ‘कुन राम्रो काम ?ढल्केवरमा स्वीच थिचेर बत्ति बालेजस्तै राम्रो काम हो ? इन्डियाबाट १० रुपैयाँमा प्रतियुनिट बिजुली किन्ने अनि यता ८ रुपैयाँमा बेचेर प्राधिकरणलाई डुबाउने खालको ? यस्तै राष्ट्रवादी निर्णय नउल्ट्याउनु भन्नु भाको हो ?’ यसरी जनार्दनले अठ्याएपछि नै हो ओलीले यस्तो अनविज्ञता प्रकट गरेको । हुन पनि इन्जिनियरहरुले कुन स्वार्थमा के भन्छन् त्यति त गर्ने हो हाम्रो नेताहरुले ।
अलि ढिला पुगेका माओवादी नेता जनार्दन शर्मा प्रभाकरले दुवै प्रम भएको ठाउँमा प्रस्ट पारे । एउटा कुरा भन्छु म, भूपूज्यूलाई सायद थाहा छैन होला । हामीले तपाइंले स्वीच थिचेको दिनदेखि भारतलाई मासिक एक अर्ब २० करोड तिर्नुपरेको छ । म अस्ति ढल्केवर पुग्दा यो कुरा थाहा पाएँ । ढल्केवर मुजफ्फर पर्सारण लाइन एउटा प्राइभेट कम्पनीले बनाइदिएको हो । उसैले हामीसँग त्यत्रो भाडा असुल्दै छ । यत्ति कुरा के सुनेका थिए । अर्का पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधव नेपालले आश्चर्य दर्शाउँदै सोधे, ‘ए त्यसो हो र ? यससम्बन्धि तपाईंसँग केही डकुमेन्ट छ ?