प्रचण्डले भने : नरेन्द्र मोदीको नेतासमेत मै रहेछु

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण नेपालको इतिहासकै भब्य र उपलब्धिमुलक भएको बताउनु भएको छ र पार्टीको उच्चतहका नेताहरुलाई भारत भ्रमण बारे जानकारी गराउन गत सोमबार आयोजित बैठकलाई सम्बोधन गर्दै प्रचण्डले उक्त दाबी गर्नु भएको हो ।

प्रचण्डले भारतमा भएको भब्य स्वागतलाई नेपाली राष्ट्रियता र सार्वभौमिकताको उच्चतम सम्मानको रुपमा लिनुभएको छ दुई मुलुक बीच प्रगाढ मित्रता गाँसिएको र अब भारत र माओवादी बीच कुनै किसिमको भ्रम नरहेको पनि उंहाले कमरेडहरूलाई स्पस्ट गर्नु भएको छ ।

पार्टीका नेता संग भम्रणको भव्यता र उपलब्धिबारे बताई रहदा प्रचण्ड निकै रोमान्चिक र उत्साहित देखिनुहुन्थ्यो  । उंहाले भारत संग समानताको आधारमा विभिन्न बिषयमा सहमति बनेको र रास्ट्रियामा आंच पुग्ने कुनै काम नभएको पनि पार्टीका नेताहरु समक्ष स्पस्ट पर्नु भएको छ ।
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग सबै बिषयमा खुलेर कुरा भएको बताउदै आफूबाट मोदिजी निकै प्रभावित हुनुभएको खुलासा समेत गर्नु भएको छ प्रचण्डजी तपाई दक्षिण एसियाकै नेता हुनुहुन्छ तपाई जति प्रभावशाली मैले अरु कसैलाई देखिनं । म पनि तपाइको ब्याक्तित्वबाट प्रभावित छु र तपाइलाई नेता मान्छु ।

यसरि नारेंद्रजिले आफुलाई गरेको प्रशंसा सुनाउदै प्रचण्डले भन्नुभएको छ ,हेन्नुहोस कमरेडहरु ,नरेन्द्र मोदिजिले समेत मलाई नेता मान्ने कुरा गर्नुभएको छ  । हामीले अब भारत माथि कुनै शंका उपशंका गरिरहनु हुदैन – पर्दैन बरु हामी बीच विकास भएको समझादारी र मित्रतालाई कसरि हाम्रो हितमा उपयोग गर्ने हो त्यतातिर हामीले सोच्नुपर्छ ।

प्रचण्डका उपरोक्त अभिब्यतिले मावोबादी नेताहरुलाई चकित पारेको छ आफ्नो अधक्ष्य प्रचण्ड महमा लटपतिएको महसुस चाहिँ माओवादी नेताहरुले गरेका छन् ।  जस्ताको त्यस्तै प्रकट गर्ने हिम्मत कसैले पनि गरेका छैनन् ।

आजको घटना र विचारबाट

Loading...