राष्ट्रिय युवा अभियानद्वारा बाढीपीडितको सहयोगका लागि कोष खडा

काठमाडौं, असोज ५ । राष्ट्रिय युवा अभियानले पर्वत देउपुरका बाढीपीडित नविन पुनको सहयोगार्थ कोष खडा गरेको छ ।
राष्ट्रिय युवा अभियान प्रथम संघीय महाधिवेशन आयोजक समिति सचिवालय सदस्य समेत रहेका पुनको गत भदौ २२ गते आएको बाढी पहिरोले घर तथा सम्पूर्णं सामान र खाद्यान्न नष्ट भएको थियो । badi
उनी लगायत सम्पूर्णं बाढीपीडितको सहयोगार्थ संगठनका केन्द्रीय सचिवलाय सदस्य कुमार गुरुङको संयोजकत्वमा राहत संकलन समिति गठन भएको छ । उक्त, समितिमा सदस्यहरुमा मनोज पौडेल, दीपेन्द्र शाह, निरज लामा, शेरमान गुरुङ, पंकज राई र धर्मराज शाही रहेका छन् ।
सो समितिले देशँै अगावै राहत संकलन गरि सम्पूर्णं पीडित हरुलाई सहयोग गर्न सवै सहयोगी मन हरुमा आग्रहसमेत गरेको छ ।