सबै दललाई मिलाएर संविधान कार्यान्वयन : मन्त्री जोशी

लडाकु छानविन सम्बन्धी अख्तियारले चालेको कदम समयानुकुल छैन

काठमाडौं, असोज ५ । वातावरणमन्त्री जयदेव जोशीले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

मन्त्री जोशीले सबै दललाई मिलाएर संविधान कार्यान्वयन गरिने बताए । उनले भने, “संविधान कार्यान्वयनका लागि सरकार गम्भिर रहेकाले चाँडो भन्दा चाँडो संसदमा दर्ता हुन्छ ।” उनले मधेशी मोर्चाले अघि सारेका जाजय मागहरु सम्बोधन हुने विश्वास व्यक्त गरे । jay

उनले सिमाङ्कन, नामाङ्नलगायतका विषयमा समानुपातिक समावेशी आधारमा संशोधन गर्न सकिने बताउँदै संसदमा विभिन्न आयोग निर्माणसम्बन्धी विद्येयक पारित भएको स्पष्ट पारे ।
बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले लडाकु छानविन सम्बन्धी अख्तियारले चालेको कदम समयानुकुल नभएको आरोप लगाए ।}

Loading...