भलिबलका दुई राष्ट्रिय खेलाडी सम्मानित

काठमाडौँ, असोज ५ – सञ्जय स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका खेलाडी सञ्जय अर्याल र महिला टोलीकी मञ्जु गुरुङलाई सम्मान गरेको छ ।

player-621x330-1
यहाँ आज आयोजित कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले खेलाडीहरुलाई सम्मान सहित जनही रु २५ हजार प्रदान गरे । सञ्जयले सन् २००६ मा बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेको थियो ।
श्रीलङ्काको कोलम्बोमा भएको १० औँ दक्षिण एसियाली खेलकुद (साग) मा अर्यालले पाकिस्तानविरुद्ध आधिकारिक ‘डेब्यु’ गरे । त्यसयता उहाँ राष्ट्रिय भलिबल टोलीको सदस्य रहँदै आएको छ । सञ्जय नेपाल पुलिस क्लबको व्यावसायिक भलिबल खेलाडी हुन् ।
त्यस्तै १२ औँ सागमा महिला भलिबलमा नेपाललाई कास्य पदक दिलाउँने मञ्जु टोलीको महत्वपूर्ण खेलाडी थिए ।राष्ट्रिय टोलीका सदस्य मञ्जु हाल पश्चिमाञ्चल भलिबल टोलीबाट व्यावसायिक खेल खेल्छीन् ।
भलिबलका पूर्व राष्ट्रिय खेलाडी स्व.मास्केको नाममा पाल्पाको तानसेनमा स्थापित प्रतिष्ठानले गत वर्षदेखि खेलाडीलाई सम्मान गर्दै आएको हो । गत वर्ष भलिबलकै दुई खेलाडी इम राना र निशा शाहलाई सम्मान गरेको थियो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले सीमित स्रोत साधनमा बाबजुत नेपाली खेलाडीले देशको नाम उँचो बनाउन भूमिका खेलेको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरे ।
प्रतिष्ठानका अध्यक्ष विश्वविजय जोशीले सञ्जय मास्के खेलप्रेमी भएकाले उहाँको नाममा पुरस्कार स्थापना गरेको जानकारी दिँदै आगामी दिनमा पनि खेलाडी सम्मान कार्यक्रम जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

} else {

Loading...