सिरिया हवाई आक्रमणपछि सहायता कार्यक्रम स्थगित

स्वीट्जरल्यान्ड, असोज ४ । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार मानवीय सहायताका लागि सिरियाको द्वन्द्व प्रभावित प्राचीन सहर पठाएका सम्पूर्ण सामानलाई फिर्ता गर्न निर्देशन दिएको छ ।
सिरियाली सरकार र विद्रोहीबीच भएको युद्धबिरामपछि राष्ट्रसङ्घले मानवीय सहायताका लागि अति आवश्यकीय सामानलाई अलेप्पोतर्फ पठाएकोमा सरकारी तथा विद्रोही पक्षबाट युद्धबिराम भङ्ग गर्दै कारबाहीलाई तीब्रता दिन थालेपछि त्यसतर्फ सामान लिएर नजान आफ्ना प्रतिनिधिलाई निर्देशन दिएको हो । syria
करिब एक हप्तादेखि जारी युद्धबिरामलाई भङ्ग गर्दै मङ्गलबार गरिएको आक्रमणमा रेडक्रस सोसाइटीका एक स्थानीय प्रतिनिधिको समेत मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता मामिला हेर्ने संस्थाका प्रवक्ता जेन्स लार्कले बताए ।
रेडक्रसका सिरिया उपशाखा निर्देशकको सहायता लिई जाने क्रममा मृत्यु भएको रेडक्रसका प्रवक्ता बेनोट कार्पे्न्टियरले बताए । घटनामा २० सिरियाली नागरिकको समेत मृत्यु भएको बताइएको छ ।
युद्धविराम भङ्ग गरेको भनी लगाएको आरोपको मस्कोद्वारा खण्डन । सिरियाली सरकारी सेना र रसियाली पक्षले गराएको हवाई आक्रमणमा २० जना सर्वसाधारणसहित रेडक्रसका सिरियाका लागि निर्देशकको मृत्यु भएको भन्ने आरोपको मस्को प्रशासनले खण्डन गरेको छ ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Loading...