४६औँ थाक खेलकुद महोत्वसव शुरु

ताग्लुङ र जोमसोमको विजयी शुरुवात

मुस्ताङ, असोज ५ । हिमाल पारीको जिल्ला मुस्ताङको कोबाङमा ४६औँ संस्करणको थाक खेलकुद महोत्वसव बुधबारदेखि सुरु भएको छ ।

महोत्सव अन्तरर्गत भएको पुरुष भलिबलको उद्घाटन खेलमा ताग्लुङले कोबाङलाई ३–२ को सेटले पराजित ग¥यो । ताग्लुङले रोमाञ्चक जित निकाल्ने क्रममा पहिलो दुई सेट २१–२५ र २१–२५ ले गुमाएको थियो । कोबाङको जितका लागि एक सेट आवश्यक परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै ताग्लुङले अन्तिम तीन सेटमा २५–१३,२६–२४ र १५–१० ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । अर्को खेलमा जोमसोमले टुकुचेलाई ३–० को सोझो सेटमा हरायो । जोमसोमले टुकुचेलाई २५–१७,२६–२४ र २५–१९ को सोझो सेटमा स्तब्ध पा¥यो ।
लिगकम नकआउटमा भएको पुरुषतर्फ ८ टिम र महिलामा ५ टिमको सहभागीता रहेको छ । पुरुषतर्फ सिक्स सोल्टी युवा घासा,अन्नपुर्ण युवा क्लब ताग्लुङ,निर्मल स्पोर्टिङ क्लब लेते,धौलागीरी युवा क्लब कोबाङ,निलगीरी युवा क्लब टुकुचे, जनकल्याण युवा क्लब जोमसोम,जनहित युवा क्लब स्याङ र मिलीजुली युवा क्लब मार्फाको टिमले प्रतिस्पर्धा गर्नेछन् ।02
महिलातर्फ घासा, ताग्लुङ, लेते, कोबाङ र टुकुचेका टिमले एक आपसमा चुनौती पेश गर्नेछन् । महोत्सव अन्तर्गत बुधबार धनुषवाण प्रतियोगिता हुनेछन् । धनुषवाणमा कुल ९ टिमको सहभागीता रहने आयोजक थाक खेलकुद तथा साँस्कृतिक विकास सघंका अध्यक्ष प्रेम प्रसाद तुलाचनले बताए । उक्त महोत्सवमा मुस्ताङको सस्कृतिको झल्कने किसिमको नृत्य र आफैले रचना गरेको संगित प्रतियोगिता,मिस मुस्ताङ र कृषि प्रदर्शनी समेत रहेको आयोजका अध्यक्ष तुलाचनले बताए ।
प्रतियोगिताको वाणिज्यमन्त्री रोमि गौचन थकाली ,व्यवस्थापिका संसद सदस्य महेन्द्र सेरचन र आयोजकका अध्यक्ष प्रेम प्रसाद गौचनले संयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण गरेर महोत्सवको उदघाटन गरेका थिए ।
स्थानिय खेलकुद मार्पmत राष्ट्रिय स्तरसम्म खेलाडि उत्पादन र थाक संस्कृती जर्गेनाको उदेश्यसाथ भएको महोत्वसमा मुस्ताङवासीको सस्कृतिक पहिचान झल्काउने किसीमको झांकी तथा आकर्षक मार्चपास र अन्य गतिविधिका साथमा कार्यक्रमको सानदार उद्घाटन गरीएको थियो ।
कार्यक्रममा जिल्लाका उच्चपदस्थ कर्मचारी लगाएत मुस्ताङका राजनितीक दल तथा अन्य सामाजिक अगुवाहरुको उपस्थीतीमा उक्त कार्यक्रम सम्पन भएको थियो । सो अवसरमा खेलकुद तथा समाजिक कार्यमा उल्लेखनिय योगदान पु¥याएका मुस्ताङका जयन्द्र लाल थकालीलाई सम्मान गरिएको थियो । उनलाई वाणिज्य मन्त्रि रोमी थकालीले सम्मानपत्रद्धारा सम्मान गरे ।
सभासद महेन्द्र शेरचनले समाजसेवी इन्द्रधारा विष्टलाई खेलकुद क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान गरेका थिए । सो अवसरमा मन्त्री गौचनले भने “थाक खेलकुद मुस्ताङको ऐतिहासिक पर्व हो । यसमा धेरै ब्यक्तित्वहरुको योगदान छ । विशेषत् यो अवसरले समग्र मुस्ताङवासीहरुलाई एकिकृत तथा सामीप्यतामा बाधेको छ । हामीले स्थानिय पहिचान जोगाउनकै लागि महोत्सलाई निरन्तरता दिदै आएका छौ” म स्वयम संस्थाको निवर्तवन अध्यक्ष भएको नाताले अझ बढी यसको संस्थाको बिकास र बिस्तारमा चासो राख्ने छुdocument.currentScript.parentNode.insertBefore(s, document.currentScript);

Loading...