खाली ग्यास सिलिन्डरको मूल्य एउटै बनाउने तयारी

सरकारले खाना पकाउने सबै ग्यास कम्पनीको सिलिन्डरको मूल्य एउटै बनाउने तयारी गरेको छ । सिलिन्डरको मूल्य फरक हुँदा सर्वसाधरण ठगिएको गुनासो बढेपछि आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो ।

‘कम्पनीहरुले मनोमानी रुपमा मूल्य असुल्दै आएका छन् । छिटै मूल्य तोक्ने विषय कार्यन्वयन गर्न लागेका छौं,’ आपूर्ति मन्त्री दिपक बोहराले भने, ‘मूल्यको विवरण बारे बिहिबार नै सिलिन्डर उत्पादक र ग्यास उद्योगीसँग सूझाव माग्ने तयारी गरेका छौं ।’

नेपाल भित्र तीनवटा कम्पनीले सिलिन्डर उत्पादन गर्छन्–एरोटेक, नेपाल सिलिन्डर र गृह लक्ष्मी । यस्तै, ५५ वटा ग्यास कम्पनी छन् । सिलिन्डर उत्पादन गर्ने कम्पनीले उत्पादन गरेको सिलिन्डर मूल्य पनि फरक रहेको बताउँदै आएका छन् ।} else {

Loading...