एमालेको मधेशप्रतिको सोच र नेताका अभिव्यक्ति

“मधेशी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेशी मोर्चाले कालो दिवस मनाउँदै छ” यो अभिव्यक्ति पूर्वमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेलले ट्विटरमा ट्विटेका शब्दहरू हुन् । ट्विटरमै भएपनि यसको चर्को विरोध भइसकेपछि एमालेका नेता पोखरेलले चिरबिराएको यो अभिव्यक्तिलाई सार्वजनिक हुनेगरी टाँस गरिएको ठाउँबाट विलोपीकरण गरे । यसको विरोध समाजिक सञ्जालमा मात्रै भएन । यसको विरोधमा मधेशकेन्द्रित दलका नेताहरू र तिनका भातृसंगठनका सदस्यहरूले कोणसभा, पुतला दहन र साइबर क्राइम अन्तर्गत मुद्दा हाल्ने कार्यसम्म प्रयास गरेका छन् । एउटा गृहमन्त्रीले रत्नपार्कमा कानुन विपरीत बाटो काटेको दृश्यप्रति विचार अभिव्यक्त गर्दा एक अदना मधेशीलाई प्रहरीले पक्राउ गरी साइबर क्राइम अन्तर्गत मुद्दा हालेर हिरासतमा लिइएको प्रसंग पनि एमाले पार्टीको नेतासँग जोडिएको सबैलाई थाहै भएको विषय हो । यो प्रसंग बामदेव गृहमन्त्री भएको बेलाको हो ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहेका बेला प्रहरीले मधेशमा मधेशीहरूलाई भँगेराजस्तै मारिरहेको थियो त्यतिखेर गोली लागी ढल्ने मधेशीहरूलाई रूखबाट झरेर खस्ने गरेको पाकेको आँपसँग तुलना गरे । त्यही एमालेका शंकर पोखरलेले मधेशीहरू काला हुन्छन् र कालाहरूले मात्रै काला दिवस मनाउँछन् भावको चिरबिर गरेपछि मधेशीजन मात्रै आहत भएको छैन । अंग्रेजी उपनिवेशको विरोधी, रंगभेदको विरोधमा आवाज उठाउने विश्वभरका तमाम काला जातिको अपमान उनले यो अभिव्यक्तिबाट गरेका छन् । निसन्देह अहिले पनि विश्वमै काला गोराबीचको रंगभेद विरोधी नीति र विचारको समूल नाश भइसकेको छैन । यदाकदा अमेरिकामै पनि काला गोराबीचको रंगभेदी नीति र विचारबाट आहत र प्रताडित भएका मान्छेहरूको खबर सार्वजनिक भइरहेकोले यसको पुष्टि हुन्छ । कुनै रूढीवादी पार्टीका नेताहरूबाट अभिव्यक्त भइरहने यस्ता विचारहरूलाई त उसको विचारबाट दिक्षित अभिव्यक्तिको रूपमा लिने गरिन्छ । तर पनि अचेल रूढीवादी पार्टीका नेताले पनि खुलारूपमा यस किसिमको अभिव्यक्ति दिन स्पस्ट बोल्न लेख्न सक्दैनन् । तर जब कुनै कम्युनिस्ट पार्टीका नेताहरूबाट यसकिसिमको सार्वजनिक अभिव्यक्तिको अपराधसम्बन्धी मापदण्ड पनि फेल हुन सक्छ । एउटा कम्युनिस्टले समाजको समग्र विभेदलाई समाप्त पार्नुपर्ने सपथ खाएर राजनीतिक दलमा संगठित हुने गर्छ ।ramsukul-mandal

शंकर पोखरेल तलबाट माथि पुगेका नेता हुन् । उनले कम्युनिस्ट आचरणबाट दिक्षित हुनुपर्ने थियो । यस्तो प्रतिबिम्बित भएन् । शंकर पोखरेलको यो अभिव्यक्ति निरंकुश राजतन्त्रका पक्षपोषक भइ गृहमन्त्री बनेका विश्वबन्धु थापाको जस्तो हुन पुग्यो । दिवगंत दैनिक नेपालका सम्पादक इन्द्रकान्त मिश्रले जनाएअनुसार विश्वबन्धु थापा सर्लाहीको मंलगवा जाँदा यहाँ त भारत आएको जस्तो अनुभूति भएको बताएका थिए । त्यतिखेर उनको पनि धेरथोर आलोचना भएको थियो । यो आलोचना र शंकर पोखरेलको अभिव्यक्तिमा समानता भनेको मैदानी भाग र त्यहाँ बस्ने मानिसरू नेपाली हुन सक्दैनन् । कालो मानिस नेपाली मानिस हुन सक्दैन । तर यी दुई नेताको अभिव्यक्ति बडो इमानदार अभिव्यक्ति छ । यो दुईटाको स्कूलिंग एउटै छ । सेता पहाडियाहरू मात्र नेपाली हुन् । कालाजति सबै आयातित हुन् । टोपी मात्रै नेपाली हो । धोती आयातित । त्यसैले उहिलेका विश्वबन्धु थापा र अहिलेको शंकर पोखरेलको बोली मिल्न गएको हो । उही पाठशालाका बटुक हुन् एमाले अध्यक्ष केपी शर्मा ओली ।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक शासकीय अवस्था हो । रंगभेदी ट्विट गरेर मधेशी समुदायको अपमान गरेका नेकपा एमाले नेता शंकर पोखरेल विरूद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार ग¥यो । समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीले बुधबार महानगरीय प्रहरी परिसर टेकुमा साइबर क्राइम अन्तर्गत एमाले नेता पोखरेल विरूद्ध दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार ग¥यो । एमाले नेता पोखरेलविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार जाहेरी दर्ता गर्न सुवेदी नेतृत्वको टोली टेकु पुगेको थियो ।
“यो सामान्य केस हो, यसरी सानोतिनो विषयमा मुद्दा हाल्दै जाने हो भने भोलि सबै नेताहरूलाई थुन्नु पर्छ”– प्रहरीको यो प्रतिक्रियालाई सुवेदीले कुतर्क बताएका छन् । परम्परागत शासकीय जातीय समुदायभित्र सुवेदी पोखरेल एउटै समुदायका व्यक्ति हुन् । तर सुवेदीले यसलाई गम्भीर मुद्दा भनेका छन् । उनले भने “गम्भीर मुद्दालाई प्रहरीले कमजोर बताउँदै जाहेरी दर्ता गर्नबाट जोगिन प्रहरीले कुतर्क गरेको छ ।”
“ंशकर पोखरेल विरूद्धको जाहेरी दर्ता गर्न प्रहरीले सीधै अस्वीकार ग¥यो”– जाहेरी दर्ता गर्न टेकु पुगेका युवा फोरमका उपमहासचिव सुवेदीले भने“ हामी पुग्नु अघिदेखि नै प्रहरी दबाबमा देखिन्थ्यो सायद उहाँहरूमाथि राजनीतिक प्रेसर आफूहरू पुग्न अघि पुगेको हुनुपर्छ ।” एमालेको दबाबले पोखरेललाई जोगाउन प्रहरीले उजुरी दर्ता गर्न नमानेको सुवेदीको बुझाइ छ । उनले भने “रंगभेद विश्वबाट अन्त्य भइसक्दा पोखरेलले सिङ्गो मधेशी समुदायलाई कालो भन्दै सार्वजनिक ट्विट गर्दा पनि प्रहरीले जाहेरी दर्ता नगर्नु कानूनी राज्यको अपहेलना हो” सुवेदीले भनेको प्रसंगले विचारको अंगीकरणले व्यक्तिको परिचय गराउँछ । सुवेदी रंगभेदी विरोधी बाहुन छन् भने पोखरेल रंगभेदी बाहुन् त्यो पनि कम्युनिस्ट पार्टीमा शीर्षनेताको रूपमा ।
ती युवाजमात उजुरी दर्ता गराउन अदालतमा जाने बताएका छन् । एमाले नेता शंकर पोखरेल विरूद्धको जाहेरी बुधबार प्रहरीले दर्ता गर्न नमानेपछि परमादेशका लागि अदालत जाने उजुरीकर्ता सुवेदीले भने “न्यायका लागि अदालतको ढोका जहिले नि खुला हुन्छ, परमादेशका लागि अब हामी अदालत जान्छौं” सुवेदीको विश्वास छ – अदालतको परमादेशपछि जाहेरी दर्ता गर्न प्रहरी बाध्य हुन्छ ।
संघीय समाजवादी फोरम नेपालको युवा संगठन युवा फोरमले पोखरेललाई पाँच वर्ष कैद सजायको मागसहित जाहेरी दिएको हो । एमाले नेता पोखरेलले मंगलबार ‘मधेशी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेशी मोर्चाले कालो दिवस मनाउँदै छ’, भनेर ट्विट गरेको विषयलाई यो जमात अदालत पुग्ने योजना बनाएको छ । हुनत आलोचना भएपछि पोखरेलले त्यो ट्विट डिलिट गरेका छन् । डिलिट गरेपनि यो प्रमाणको रूपमा सुरक्षित छ ।
युवा फोरमका उपमहासचिव सुवेदीले नेता पोखरेलले रंगभेदी चरित्र प्रदर्शन गरेको र मधेशी समुदायको स्वाभिमानमा चोट पु¥याएको बताए । “एमालेको सचिव जस्तो परिपक्व नेताले मधेश आन्दोलित भइरहेका बेला दिएको यस्तो रंगभेदी, जातिभेदी र साम्प्रदायिक अभिव्यक्ति मुलुकको अखण्डता र राष्ट्रियताको विरूद्धमा छ” सुवेदीले भने, “यस्ता साम्प्रदायिक व्यक्तिहरूलाई कानूनी कारबाही हुनुपर्छ ।”
विद्युतीय कारोबार ऐनको उक्त दफामा ‘कम्प्युटर, इन्टरनेट विद्युतीय संचारमाध्यममा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्वका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन तथा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई १ लाखसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनेछ” भन्ने उल्लेख छ ।
यो घटनाको तरंग मेटिन नपाउँदै एमालेका अध्यक्ष ओलीले चन्द्रागिरी पुगेर पृथ्वीनारायण शाहको काठमाडौंलाई हेर्दा जुँगामा ताउ फेरेको सालिक राख्न भने । ओलीको यो कथन पछाडिको भाव भनेको काठमाडौ उपत्यकामा बस्ने नाक कान काटिएकाहरूको मान हरण गर्न दिइएको अभिव्यक्ति हो । इतिहासकार र इतिहासका अन्वेषणकर्ताहरूका अनुसार पृथ्वीनारायणले उपत्यका जितेपछि स्थानीय नेवारहरूको नाक कान काटिदिएका थिए । यो त्यो जीतको उन्माद थियो । त्यसैले जयप्रकाश मल्ललाई सघाउने तिरहुतिया सेनालाई विघटन गरेका थिए । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई कार्यान्वयन गराउने प्रयास भइरहेको छ । इतिहासका गलतीहरूलाई सच्च्याउने, अमानवीय कार्यप्रति लज्जित भइ सामेली समावेशी नयाँ राष्ट्रियता बोधसहितको नेपालको निर्माणका लागि यो संविधानको कार्यान्वयनको बेला हो यो । यसमा सबैका समान अधिकार सुरक्षित गर्नुपर्ने बेला हो । कुनै शासक विषेशबाट भएको गलती कमजोरीलाई सुधार गरेर अघि बढनुपर्ने जमातमा युवा फोरमका सुवेदीहरू क्रियाशील छन् ।

ओलीको पछिल्लो अभिव्यक्ति नेपालमा पराजितहरूको सम्मान गरेको छैन । उनको जुँगामा ताउ दिइरहेको सालिक राख्न खोज्ने प्रयास नाक कान काटिएका नेवारहरूको विद्यमान पुस्तालाई मलम लगाउने काम गर्नेछैन । त्यसैले अब सिंगो एमालेले माफी माग्नु पर्छ । यसका लागि सुवेदीजस्ता न्यायप्रेमीहरूको सशक्त पहलमा पीडितहरूको एकल प्रयास आवश्यक हुनेछ । (मधेश दर्पण फिचर सेवा)

Loading...