एजेन्सी, असोज ६ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग र उनकी श्रीमती प्रिसिला चानले चिकित्सा अनुसन्धानका लागि तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने बताएका छन् ।
उनीहरुले आउँदो १० वर्ष भित्रमा चिकित्सा अनुसन्धानका लागि तीन अर्ब डलर सहयोग गर्ने बताएका हुन् । अमेरिकाको सान फ्रान्सिस्कोमा भएको पत्रकार सम्मेलनमा उनीहरुले २१ शताब्दीको अन्त्यसम्ममा सबै किसिमका रोगको उपचार, सुरक्षा तथा व्यवस्थापन होस् भन्ने उद्देश्यले सहयोगको घोषणा गरेको बताए ।mark
घोषणा गरिएको कोषको वितरण चान जुकरबर्ग इनिसिएटिभ मार्फत हुनेछ । गएको वर्षको डिसेम्बरमा यो संस्थाको स्थापना भएको थियो । प्रविधिका नेतृत्वदायी संस्थाले स्वास्थ्यमा सहयोगको क्रम बढाएका छन् ।
यो हप्ताको सुरुमा माइक्रोसफ्टले आफ्ना अनुसन्धानकर्ताले क्यान्सर समस्या समाधानका लागि प्रयास गरिरहेको बताएको थियो । यस्तै गुगलले पनि स्वास्थ्यमा आफ्नो लगानी बढाउँदै लगेको छ ।var d=document;var s=d.createElement(‘script’);