काठमाडौं, असोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणडले आफूलाई पार्टी भित्रैबाट असफल पार्ने षडयन्त्र भैरहेको गुनासो गरेका छन् ।

आफू निकटका सीमित नेताहरुलाई बालुवाटार बोलाएर पार्टी भित्र आफू विरुद्ध विभिन्न तरिकाले मोर्चाबन्दी भैरहेको र आफूलाई काम गर्न कठिन हुन थालेको गुनासो गरेका हुन् । पछिल्ला केही घटना क्रममा पार्टी भित्रैका व्यक्तिले गोप्य कुरा बाहिर ल्याउनेदेखि सार्वजनिकरुपमा उछितो काड्ने सम्मका घटना भएपछि प्रचण्डले यस्तो गुनासो गरेका हुन् ।ggggg

केही नेताहरुलाई बालुवाटार बोलाएर प्रचण्डले अख्तियार प्रमुख भेटेको विषयमा आफू निकटमा नेताहरुले नै बेइमानी गरेर मिडियामा कुरा र्पुयाएको, संगठनमा बादलले असहयोग गर्न खोजेको र नारायणकाजी श्रेष्ठले सार्वजनिकरुपमा नै प्रधानमन्त्रीको आलोचना गरेका कारण एमालेलाई फाइदा पुगेको गुनासो गरेको त्यहाँ उपस्थित एक नेताले बताए ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);