चितवन, असोज ६ । खाडी मुलुक कतारमा दुई वर्षसम्म मेसिन हेल्परका रुपमा काम गर्दा अत्तालिएर स्वदेश फर्किएका एक युवाले यहाँ सैलुन खोलेर मासिक रु एक लाख आम्दानी गर्दै आएका छन् ।
भरतपुरको चौबीसकोठीमा मासिक रु २५ हजार भाडा तिर्ने गरी पपुलर जेन्स पार्लर खोलेका पार्वतीपुरका २९ वर्षीय श्रीराम सिग्देल खाडी मुलुकमा भौँतारिनेहरुका लागि उदाहरणीय बनेका छन् । hair
चार वर्षअघि स्वदेश फर्किएर छ महिनासम्म सैलुन तालिम लिएर सिग्देलले आफ्नै व्यवसाय सुरु गरेका हुन् । रु एक लाख खर्चिएर कतार पुगेका सिग्देलले १२ घन्टासम्म चिनियाँ फर्मलाइन कम्पनीमा मेसिन हेल्परका रुपमा खटिँदा मासिक रु १५ हजार मात्रै बच्थ्यो । करिब रु चार लाख ५० हजार खर्च गरी उनले सुरु गर्नुभएको सैलुनबाट रु ७० हजारदेखि रु एक लाखसम्म मासिक बचत गर्छन् ।
उनलाई श्रीमती सुष्मिताले समेत कपाल काट्न साथ दिँदै आएकी छन् । उनीहरुले नै तालिम दिएका अन्य दुईजनाले समेत रोजगारी पाएका छन् । खाडी मुलुकमा जे पनि गर्न हुने स्वदेशमा काम गर्न किन नहुने भन्ने मनःस्थितिका साथ पेसामा लागेको सिग्देलको भनाइ छ ।
उनले आफ्नै पार्लरमा ४० युवा र १३ युवतीलाई तालिम दिइसकेका छन् । तालिम लिएकाहरु क्यानडा, अस्टे«ेलिया र चीन गएको सिग्देलले बताए । तर खाडी मुलुक नजान उनले सल्लाह दिँदैआएका छन् । निकट भविष्यमा उहाँ नवलपरासीको कावासोतीमा अर्काे सैलुन खोल्ने तयारीमा छन् ।
उच्च माविसम्मको अध्ययन गरेका सिग्देलको सैलुनमा अहिले दैनिक २० देखि ३० जना ग्राहक आउने गर्दछन् । व्यवसाय मिल्ने गरी दौँतरीको खोजीमा रहेका सिग्देलले एक वर्षअघि सिटिइभिटीमा कपाल काट्ने तालिम लिएकी सुष्मितासँग विवाह गरे । यसबाट उनलाई व्यवसायमा सहयोग पुगेको छ ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);