लाबिम मलमा सोनी सेन्टरको नयाँ शोरुम

काठमाडौं, असोज ६ । सोनीले ललितपुरस्थित लाबिम मलमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुमको उद्घाटन सोनीका वरिष्ठ प्रबन्धक –रिजनल मार्केट डेभलपमेण्ट सेन्टर जेरेमी बिहीबार हेंगले गरेका हुन् ।
अन्य सोनी सेन्टर्सले झैँ नयाँ शोरुमले पनि सोनीका जेन्यून उत्पादनमा सर्वसाधारणको सहज पहुँच बनाउन सघाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ शोरुमको प्रमुख आकर्षणका रुपमा एमडीआर (म्यूजिक डिजर्भ्स रेस्पेक्ट) उत्पादनहरु र पीएसफोर रहेका छन् । शोरुममा रहेको एमडीआर क्याफेले उपभोक्तालाई सोनीका हेडफोन्स तथा इयरफोनसको अनुभव लिँदै शोरुममा गुणस्तरिय समय ब्यतित गर्न स्वागत गर्ने जानकारी दिइयो ।sony_logo
यसका अतिरिक्त शोरुममा ब्राभिया टीभी, सोनी एक्सपेरिया स्मार्टफोनस र अल्फा तथा साइबरशट क्यामेराका नयाँ उत्पादनका विभिन्न भेराइटी समेत पाउन सक्छन् ।
सोनीका शोरुमहरु नेपालकै पहिलो आधिकारिक ईलेक्ट्रोनिक्स शोरुम मध्य पर्छन् । नेपालमा सोनीको पहिलो शोरुम बिसं. २०४५ सालमा दरवार मार्ग स्थित लाल दरवारमा स्थापना गरिएको थियो । यसलाई पछि कान्तिपथमा सारिएको हो ।} else {

Loading...