मलेसियाबाट निकालिए नेपाली

malesiaकाठमाडौं, असोज ७ – अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)लाई सघाएको आरोपमा मलेसियाले एक नेपाली नागरिकलाई देशनिकाला (डिपोर्ट) गरेको छ । होटल व्यवसायमा संलग्न ३८ वर्षीय नेपाली नागरिक आईएसको सहयोगी रहेको आरोपमा पक्राउ परेकामा उनलाई देशनिकाला गरेको मलेसियाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

देशनिकाला गरिएका भनिएका ती नेपालीको नाम भने खुलाइएको छैन । उनीसहित बंगलादेशी र मोरक्कोका नागरिक पनि पक्राउ परेको त्यहाँका प्रहरी प्रमुख तानश्री खालिद अबु बकारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Loading...