मनास्लु पदमार्गमा पहिरो : एक विदेशीसहित चारको मृत्यु, एक बेपत्ता

मनास्लु पदमार्गमा पहिरो : एक विदेशीसहित चारको मृत्यु, एक बेपत्ता

केरौँजाको दोभान भन्ने ठाउँमा गएको पहिरोमा परी एक स्पेनिस नागरिकसहित तीनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पर्यटक गाइडहरू काठमाडौंका ३५ वर्षीय दोर्जे लामा र ३० वर्षीय छिरी शेर्पाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु भएका विदेशी नागरिकको सनाखत हुन सकेको छैन ।

ओखलढुंगाकी २५ वर्षीया रञ्जना बस्नेतको शव बुढीगण्डकीले बगाएको स्थानीयको भनाइ उद्धृत गर्दै एसपी जनकराज पाण्डेयले जानकारी दिए । पहिरोमा पुरिएकाको शव पनि बिहीबार साँझसम्म निकाल्न सकिएको छैन । ‘पहिरोमा पुरिएका शवहरू पनि झिक्न सकिरहेका छैनौँ,’ एसपी पाण्डेयले भने, ‘माथिबाट पहिरो आइरहेको छ, शव पुरिएको ठाउँमा जान सकेका छैनौँ ।’

स्थानीय खच्चड व्यवसायी निर्मल घलेले शव ढुंगामा च्यापिएको देखिएको बताए । जगत र माछाखोलाका प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट पनि सइको कमान्डमा सातजनाको थप टोली खटाइएको पाण्डेयले बताए । घाइतेहरूको भने बिहीबार दिउँसो फिस्टेल एयरको हेलिकोप्टबाट उद्घार गरिएको थियो ।

२५ जनाको थियो टोली
मनास्लु पदमार्गमा १५ स्पेनिस नागरिक र १० जना नेपाली सहयोगीसहित २५ जनाको टोली थियो । खोर्लाबेसीको होटेलमा बास बसेर बिहीबार बिहान बिहीतर्फ जाँदै गर्दा उनीहरू पहिरोमा पुरिएका हुन् । १५ जना स्पेनिस नागरिकमध्ये एकजनाको मृत्यु भएको छ भने चारजना सामान्य घाइते भएका छन् । तीन नेपालीसहित गम्भीर घाइते १० जनाको वयोधा अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते चेतकुमारी मगर, प्रीति मगर र धनकुटा घर हुने पासाङ शेर्पाको पनि वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षापछि बिहीबार बिहान आएको पहिरोमा पर्यटकहरू परेका थिए । घटनास्थल गोरखा सदरमुकाम बाट २२ कोस टाढा पर्छ ।

कति सुरक्षित छन् पदमार्ग ?

अच्युत पुरी/नयाँ पत्रिका
मनास्लु सर्किट टे«कमा पहिरोले चारजनाको निधन भएपछि नेपालका पदमार्ग कति सुरक्षित छन् भन्ने प्रश्न उठेको छ । पर्यटकीय सिजन प्रारम्भ भएस“गै भएको दुर्घटनाले अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुनः एकपटक नेपालबाट नकारात्मक खबर विश्वभर फैलिने खतरा बढेको छ । तर, सरोकारवाला भने यो प्राकृतिक दुर्घटना भएकाले पर्यटन क्षेत्र प्रभावित नहुने दाबी गर्छन् ।

यो प्राकृतिक दुर्घटना हो : विभाग
१२ वैशाख ०७२ को भूकम्पबाट प्रभावित क्षेत्रमध्ये मनास्लु पनि एक हो । भूकम्पपछि भत्किएका पदमार्ग पुनर्निर्माण प्रक्रियामा रहे पनि देशभरका पदमार्गमा अवरोध भने नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले जानकारी दिएको छ । ‘मनास्लु घटना विशुद्ध प्राकृतिक दुर्घटना हो,’ विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले भने, ‘पदमार्गमा रहेको खराबीले भएको होइन ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

Loading...