arnaइनरुवा, असोज ७ – सुनसरीको पश्चिमकुशाहा–४ का मुसरु यादवको जङ्गली अर्नाको आक्रमणबाट मृत्यु भएको छ ।

पच्पन्न वर्षीय यादव भैँसी चराउन गएको बेला कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली अर्नाको आक्रमणबाट बिहीबार मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । यादवको शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा ल्याइएको छ ।