वन अतिक्रमण गरी बनाइएको रेडियो धादिङको भवन भत्काइयो

धादिङबेसी, असोज ७ । धादिङबेसीस्थित अमरावती सामुदायिक वन अतिक्रमण गरेर बनाईएको रेडियो धादिङ र सेफ हाउसको घर जिल्ला वन कार्यालय धादिङले भत्काएको छ ।
आज बिहान ४ बजे नै अमरावती सामुदायिक वन क्षेत्रमा ससस्त्र जनपथ प्रहरी र वन सुरक्षाकर्मीसहित वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेल उपस्थितिमा उक्त भवन भत्काइएको हो ।
जिल्लामा केही महिनादेखि सामुदायिक वन क्षेत्र खाली गराउने अभियानमा लागेको वन कार्यालय रेडियो धादिङको भवनमा आएर रोकिएको थियो । रेडियो धादिङको भवन रक्षार्थ सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबले बिज्ञप्ती निकालेको थियो ।
त्यसपछि अकोराव र अमार्कको कार्यालय नै पुगेका धादिङका डिएफओ इमनाथ पौडेलले रेडियो धादिङ सामुदायिक वन मै बनाउनु पर्ने कारण देखाउन आग्रह गरेका थिए ।radio
अकोराब प्रतिनीधिसँग कुरा गर्दै वन प्रमुख पौडेलले रेडियो अन्त कहिँ कतैबाट आएको अलौकिक शक्ति नभएको र रेडियोले पनि कानुन मान्नु पर्ने बताएका थिए । आफु वन क्षेत्रको रक्षाको लागि अघि बढिसकेकोले कानुन भन्दा बाहिर अकोराब नजाने आशा व्यक्त गदै अकोराबबाट बाहिरिएको बताएका थिए ।
सामुदायिक रेडियोहरुको विश्व संगठन अमार्कले पनि लालपूर्जा अनिवार्य चाहिने प्रावधानविपरित सामुदायिक वनभित्र भवन बनाउन गैरकानुनी ढंगले अनुदान दिएका थिए । अमार्कका एसिया प्यासिफिक प्रमुख सुमन बस्नेतले गैरकानुनीरुपमा भवन बनाउन रेडियोलाई विदेशी दातामार्फत सहयोग गराएका थिए ।
धादिङबाट निर्वा्चित एमालेका सांसदहरुले पनि वन अतिक्रमण गरी भवन बनाउन अवैधानिकरुपमा सहयोग गरेको भन्दै स्थानीय प्रशासनले दुःखेसो गर्दै आएको छ ।
स्थानीयहरुले वन अतिक्रमण गर्ने संस्थासँगै लालपूर्जा्बिना वन अतिक्रमण गरेर घर बनाउन सघाउने अमार्क, सांसदहरु र जिविसमाथि पनि कारवाहीको माग गरेका छन् ।

Loading...