सरुवामा वेथिती : आधिकारिक युनियन नै अलमलमा

काठमाडौं, असोज ८ – दलपिच्छेका कर्मचारी संगठनलाई निरुत्साहित गर्न चुनावबाट छानिएको आधिकारिक ट्रेड युनियनको काम कारबाहीमा अलमल देखिएको छ । कर्मचारी सरुवालगायत विषयमा दलगत युनियन सक्रिय भई लबिङ गर्न थालेपछि आधिकारिक युनियन अलमलमा परेको हो ।

आधिकारिक युनियनको भूमिका प्रभावकारी बनाउन नसक्दा निजामती प्रशासनको सरुवा राजनीतिकरणको पुरानै समस्या दोहोरिन थालेको छ । सामान्य प्रशासन मन्त्रालयले कांग्रेसनिकट कर्मचारी युनियनको दबाबमा परी गत शुक्रबार ८५३ जना कर्मचारीको सरुवा गरेको आरोप अन्य दलका कर्मचारी संगठनले लगाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।