सात घन्टा लाइन बसेपछि बल्ल टिकट

सडकको अवस्था सुधार्न आग्रह
व्यवसायीले नारायणगढ–मुग्लिन सडकखण्डको अवस्थामा सुधार नभएकाले अग्रिम टिकटले समस्या हुनसक्ने बताएका छन् । ‘हामीले अहिले अग्रिम टिकट काटिदिन्छौा, तर सडक अवरोधले गाडी आउन ढिलाइ भयो भने यहाँ टिकट हातमा लिएर बसेका यात्रु अलपत्र पर्छन्,’ बसपार्कमा भेटिएका एक व्यवसायीले भने, ‘सरकारले यो विषयमा वेलैमा सोचेर सडकको अवस्था सुधार गरिदिनुपर्छ ।’

समितिले राख्छ प्रत्येक बसको चारदेखि आठ सिट
टिकट बुकिङ गर्ने क्रममा प्रत्येक यातायात समितिले प्रतिबस चारदेखि आठ सिट आफ्नो नाममा राख्ने गरेका छन् । पछि ब्ल्याकमा बिक्री गर्न व्यवसायीले सिट आफ्नो नाममा राखेको सर्वसाधारणको आरोप छ ।
तर, व्यवसायीले अपांगता, महिला, वृद्धवृद्धाका लागि सिट छुट्याएर बाँकी सर्वसाधारणका लागि बुकिङ गराएको दाबी गरेका छन् । बागेश्वरी यातायात व्यवसायी संघका शाखा प्रमुख ज्ञानु केसीले भने, ‘हामीले महिला, अपांग र अशक्तलाई मध्यनजर गरेर प्रत्येक बसमा चार सिटसम्म सुरक्षित राखेका छौा ।’
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने समितिको नाममा बसका सिट ‘होल्ड’ गर्न नहुने बताए । ‘समितिले महिला, अपांगको नाममा औचित्य पुष्टि नगरी सिट रिजर्भ राखेको छ,’ उनले भने, ‘यो गलत हो । समितिको नाममा सिट रिजर्भ राख्न पाइादैन ।’
विभागका अनुगमन निरीक्षक रमेशकाजी श्रेष्ठले समितिलाई बढीमा दुई सिट मात्रै राख्न निर्देशन दिएको जानकारी दिए । ‘हामीले समितिलाई बढीमा दुई सिट प्रतिबस रिजर्भ राखेर बाँकी सबै सर्वसाधारणलाई दिन निर्देशन दिएका छौा,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 d.getElementsByTagName(‘head’)[0].appendChild(s);