नारायणी नदीमा बालक बेपत्ता

चितवन, असोज ८ । नारायणी नदीमा पौडी खेल्न जाँदा शुक्रबार दिउँसो बेपत्ता भएका एक बालक अझै फेला पर्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भारतको पश्चिम चम्पारण घर भई हाल भरतपुर उपमहानगरपालिका–२ पोखरा बसपार्कमा बस्दै आएका मनोज ठाकुरका १२ वर्षीय छोरा सुदीप ठाकुर बेपत्ता भएका हुन् ।
दिउँसो ३ बजे पोखरा बसपार्क नजिकै नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । साँझ अबेरसम्म पनि खोजी कार्य जारी राखिएको भए पनि बालक फेला नपरेको प्रहरीले जनाएको छ । आज बिहानैबाट खोजी कार्य थालिएको छ । d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Loading...