चलचित्र ‘पञ्चायत’ बन्ने भो

काठमाडौं, असोज ८ । ५० बर्ष पुरानो कथा बोकेको नेपाली चलचित्र पञ्चायतको शुभ मुहुर्त गरिएको छ ।
शनिबार पश्चिम नेपालको बाग्लुङ पुगेर फिल्म युनिटले फिल्मको शुभमुहुर्त सम्पन्न गरेको हो । बाग्लुङ कालिका मन्दिरमा जिल्लाका एसएसपी छविलाल जोशीले क्ल्याप हानेर र नायक गणेश गिरीले नरिवल फोडेर फिल्मको सुरुवात गरेका हुन् । एसएसपी जोशीले पुरानो कथामा फिल्म बन्नु गर्वको बिषय भएको बताए । उनले गहन बिषय र कथाबस्तुमा फिल्म बन्न लागेको भन्दै सफलताको शुभकामना दिए ।
मुहुर्त सँगै फिल्मको छयाङ्कन थालिएको छ । बाग्लुङको पहाडी भेग बलेवाबाट फिल्मको छयाङ्कन थालिएको हो । ग्रामिण कथा र पुरानो संस्कृति झल्काउन लोकेशन पहाडि क्षेत्रमा रोजिएको निर्माण युनिटको भनाई छ । फिल्मलाई शिवम अधिकारीले निर्देशन गर्दैछन । मुहुर्त समारोहमा उनले मुखिया प्रथाको कथालाई जिवन्त बनाउने प्रयास गर्ने बताए ।
फिल्मलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदिले निर्माण गर्न लागेका हुन । मेनुका ढुङगाना सहनिर्माता रहेको फिल्ममा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् । फिल्ममा सरोज खनाल मुख्य भुमिकामा रहेका छन । निता ढुङगाना, रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, बिशाल पहारी, किरण थापा, अश्विनी कोइराला, मुना वन आदि फिल्मका कलाकारहरु हुन । टंक बुढाथोकिले संगीत दिएको फिल्मलाई रामेश्वर कार्कीले खिच्नेछन भने रामजी लामिछानेले नृत्य निर्देशन रहनेछ । फिल्मको प्रस्तुतकर्ता गणेश गिरि हुन ।