शनिबार बिर्तामोडमा एनसेल मेला

काठमाडौं, असोज ८ । मोबाईल सेवा प्रदायक एनसेलले शनिबार कन्काई एजुकेशन फाउण्डेशनको मैदानमा एनसेल मेलाको आयोजना गर्ने भएको छ । कम्पनीेको रि—ब्राण्डिङ्ग पश्चात, नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तक सँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न यो मेलाको आयोजना गर्न लागिएको हो । ncell-mela-2073a-1
एनसेल मेला २०७३ शनिबार बिर्तामोडमा आयोजना पश्चात समापन्न हुनेछ । यस अघि नारायणघाट, पोखरा, बुटवल र धरानमा यो मेला भव्यताका साथ आयोजना गरिएको थियो । प्रत्येक शहरमा हजाराँै आगन्तुक तथा दर्शकहरुले यसको भरपुर मनोरन्जन लिएका थिए ।
चर्चित कलाकार तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । यस बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् ।

मेलाको मुख्य आकर्षणका रुपमा कन्सर्ट रहने छ । कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, सन्दिप क्षेत्री, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहने जनाईएको छ । त्यसैगरी, कार्टुन्जक्रु, युभिएन्जल्स् (विदेशी कलाकारहरु) र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्ने छन् । प्रवेश निःशुल्क गरिएको यस मेलामा सबै उमेरका दर्शकहरुका लागि विविध कार्यक्रमहरु समाबेश गरिएका छन् ।}

Loading...