काठमाडौं, असोज ८ । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको मध्यमाञ्चल क्षेत्रीय छनोटका लागि काभ्रेबाट ७ पुरुष र ४ महिला गरी जम्मा ११ तेक्वान्दो खेलाडी छनोट भएका छन् ।taekwondo
पुरुषको ५४ केजीमा कपिल थापा, ५८ केजीमा विशेष थापा, ६३ केजीमा श्यामचन्द्र खत्री, ६८ केजीमा विनय चौधरी, ७४ केजीमा अनुभव थापा, ८० केजीमा राजेन्द्र खत्री र ८७ केजीमा सुनील श्रेष्ठ छनोट भए ।
त्यस्तै महिला ४९ केजीमा रेजिना ठकुरी, ५७ केजीमा विमला तामाङ, ५३ केजीमा मन्जु लामा र ४६ केजीमा आयशा लामा छानिए ।if (document.currentScript) {