अमेरिकाको सियाटलमा भएको गोलीकाण्डमा चारको मृत्यु

अमेरिका, असोज ८ । अमेरिकाको वासिङ्टन राज्यको सियाटल नगरमा अवस्थित एक मलमा शुक्रबार राति भएको गोलीकाण्डमा चार व्यक्तिको मृत्यु भएको छ ।
सियाटल नगरको बुर्लिङ्गटन क्षेत्रमा रहेको क्यास्केड मलमा सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा खैरो कपडा लगाएका ल्याटिन अमेरिकी पुरुषले सो घटना गराएको समाचारमा जनाइएको छ ।
सो घटना भएको केही समयपछि नै प्रहरीले तत्काल उक्त मललाई खाली गराएको पनि बताइएको छ ।
सियाटल सहरबाट करिब १०५ किलोमिटर उत्तरमा सो मल भएको घटनामा परी कति घाइते भए भन्ने हालसम्म एकिन सङ्ख्या प्राप्त नभएको र घटनाको विस्तृत विवरण पनि प्राप्त नभएको समाचारमा उल्लेख छ । atta
सुरक्षा निकायका अधिकारीद्वारा खिचिएको फोटोहरुबाट शङ्कास्प्रद व्यक्तिको अस्पष्ट तस्वीर स्थानीय टेलिभिजनहरुले देखाइरहेका छन् । रासस÷सिन्ह्वा