गायिका बसन्तिले खोलिन मायाको रहस्य

काठमाडौ । गायिका बसन्ति लामा शेर्पाले साङ्गितीक यात्राका क्रममा आफ्नो पहिलो एल्बम ‘बसन्ति बहार’ सार्वजनिक गरेकी छन् ।
सुरिलो आवाजकि धनी र स्वाभावले पनि मिजासिली उनले हालै एक कार्यक्रमको आयोजना गरि गिती एल्वम स्रोतामाँझ ल्याएकी हुन् ।
उनको पहिलो एल्बम ‘बसन्ति बहार’ मा ४ ओटा गीत समावेश गरिएका छन् । तिम्ले मायामा, मलाई छोडि, नेपाली जात र उदासि उदासि । जसमा बाबुल गिरि, पुर्णश्री, युवराज गुरुङ, बिक्रम थापाको संगीत सुन्न सकिन्छ ।gg
सबै गीतमा उनले एकल आवाज दिएकी छन् । तिम्ले मायामा बोलको गीतले पछल्लो पटक चर्चा बटुलिरहेको छ । सानै देखि संगीत र नृत्यमा रुचि राख्ने बसन्ति बिस.२०५६ सालदेखि नै संगीत शिक्षा लिईरहेकी छन् । निरन्तर संगीतमा लागि पर्ने उनको भनाई छ ।
हालसम्म २१ ओटा गितमा आवाज दिएकी गायिका बसन्तिले तिहारकोविचमा लोकगीत समावेश गरिएको एल्वम बजारमा ल्याउने तयारी रहेको जानकारी गराईन ।