डिएसपी गिरीको बिदाईमा लगाइयो २० किलोको माला

धुन्चे, असोज ८– सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाबाट सरुवा भएका डिएसपी दर्शन गिरीको आज भब्य कार्यक्रमका बीच बिदाई गरिएको छ । 14470855_10202149981348660_167875932_n
रसुवाको सदरमुकाम धुन्चेमा आयोजित भब्य कार्यक्रमका बीच सीमा सुरक्षा गुल्म रसुवाको गुल्मपति उनको बिदाई गरिएको हो ।
सो क्रममा राजनीतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी कृष्ण अधिकारी, कर्मचारी मिलन केन्द्र, उद्योग वाणिज्य संघ, नेपाल चीन व्यापार संघलगायतले रसुवामा रहँदा डिएसपी गिरीले गरेको कामको उच्च प्रशंशा गर्दै २० किलोको माला लगाएर बिदाई गरेका थिए ।

१ वर्ष एक महिना रसुवाको जिम्मेवारी सम्हालेका डिएसपी गिरीलाई गृह मन्त्रालयले गत भदौ ३१ गते सीमा सुरक्षा बल रुपन्देहीमा सरुवा गर्ने निर्णय गरेको थियो ।
रसुवामा कार्यरत रहँदा डिएसपी गिरीले जिल्लाको शान्ति सुरक्षा र सीमा सुरक्षामा प्रभावकारी काम गर्नुका साथै सामाजिक कामहरुमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए । यस्तै सडक मर्मत सम्भार तथा सानो गोसाईकुण्ड निर्माणमा समेत उनले महत्वपूर्ण भूमिका रहेका थिए ।
बिदाई कार्यक्रममा डिएसपी गिरीले आफू सरुवामा भएर अर्को ठाउँमा जान लागेको भएपनि रसुवालाई कहिल्यै बिर्सन नसक्ने बताए ।

Loading...