सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना

सोलुखुम्बु, असोज ९ । सोलुखुम्बुको जुभीङमा माउण्टेन एयरको हेलिकप्टर आज दुर्घटनामा परेको छ । हेलिकप्टरमा सवार सबै ६ जना यात्रु भने सकुशल रहेका छन् ।
जुभिङ ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले आकस्मीक रुपमा हेलिकप्टरलाई सोही हेलीप्याडमा अवतरण गराएका थिए । अवतरणको क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेको छ ।heli
बिरामी लिन आएको माउण्टेन एयरको नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको उक्त हेलिकोप्टर लुक्ला बिमानस्थलबाट बुक्सा आएको थियो । बिरामीसहित ४ जना लिएर पुनः लुक्ला उडेको सो हेलिकप्टर दुर्घटनामा परेको हो ।
दुर्घटना पछि श्री एयरको हेलिकोप्टरले उनीहरु सबैलाई उद्धार गरी लुक्ला र्पुयाएको छ ।