कीर्ते गरी पोर्चुगल छिरेका तीन नेपाली स्वदेश फर्किँदै

काठमाडौ, असोज ९ । नेपालबाट दुई महिना अगाडि कीर्ते कागजात गरी पोर्चुगल गएका तीन युवा नेपाली दलालको कारणले फिर्ता हुने भएका छन् । उनीहरु युरोपियन संस्थाले आयोजना गरेको एक सांगीतिक कार्यक्रमको लागि भनेर संस्थाका कागजात कीर्ते युरोप छिरेका थिए, तर उनीहरुको त्यो सपना अधुरो हुने भएको छ ।
धादिङ निलकण्ठ नगरपालिका स्थायी घर भई काठमाडौंमा बस्दै आएको कुमार लामा भन्ने राम कुमार तामाङले युरोपियन संस्थाको सांगीतिक कार्यक्रम र लक्समबर्ग सरकारको आमन्त्रण गरेको कार्यक्रमको लागि भनेर ३ जनालाई पठाएको थियो । तामाङले सांगीतिक कार्यक्रममा जानको लागि नेपालका चर्चित कलाकार अनिल सिंह लगायतको नाम प्रयोग गरेको थियो ।
दलाल तामाङले अनिललाई झुकाएर संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनाई ३ जना लुकीछोपी पोर्तुगल पठाएको थियो। साथै आयोजकलाई समेत झुटो जानकारी गराएर लाखौं रुपैया असुल गरेको थियो । अहिले उनलाई झुक्याएर ठग्ने राम कुमार तामाङ ४५ लाख रुपैया बराबर खाएर फरार छ ।kirte
ट्राभल एजेन्सी (भिजा पईन्ट जस्ता अबैध एजेन्सी)को काम भने पनि तामाङले अबैध रुपमा वैदशिक रोजगारमा मान्छे पठाउने गरेको छ । अहिले पनि थुप्रै मानिसहरुलाई विदेश पठाउने भन्दै लाखौं रुपैयाँ उठाउने गरेको पीडितहरुले बताएका छन् । धादिङका व्यापारीको भनाई अनुसार तामाङ काठमाडौंमा लुटपाट एवम् बिभिन्न बहानामा ठगी गर्ने जस्ता अपराधिक गतिबिधीमा संलग्न रहदै आएको छ । लुट्पाट, ठगी नै उसको धन्दा हो । प्रहरीले अहिले सम्म प्रक्राउ गर्न सकेको छैन् ।
लक्समबर्ग सरकारको आमन्त्रण र संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनि झुक्काएर युरोप छिरेका भेडाबारी७, सलाङ धादिङ स्थायी घर भएको पासपोर्ट नम्बर ०९४८७९०७ भएको जगत थापा, खरिढुङा ८, लाकुरीडाँडा दोलखा स्थायी घर भई पासपोर्ट नम्बर ०७६४८५५७, जगत श्रेष्ठ, करिकोट स्याङ्जा स्थायी घर भई पासपोर्ट नम्बर ०९१४१४०१,का अनिल कोइराला रहेका छन् ।
यी तीन जना पनि नेपालमा रहदा ठगी गर्ने, कीर्ते कागज गर्ने जस्ता अपराधिक गतिबिधी गर्दै आएको दलाल तामाङ समुहमा संलग्न रहेको र यसको निरन्तरता स्वरुप पछिल्लो समय विदेशी संस्थाका समेत कागज किर्ते गरी युरोप छिरेका हुन् ।
पोर्तुगलको गृह मन्त्रालय (आन्तरिक प्रशासन )ले चोरी, ठगी, कीर्ते गरी युरोप छिरेका यी ३ जना नेपालीलाई अध्यागमन कानुन अनुसार कानुनी कारबाही र देश फिर्ता गराउन सहमत जनाएको छ । उनिहरुलाई अहिले सम्म पक्राउ गरिएको छैन र सोको समयाविधी भने बताएको छैन । तर पनि पोर्तुगल सेफका अनुसार यदि उनीहरुले रेसिडेन्सी कार्डको लागि आवश्यक पर्ने नम्बर अथवा काम गरेर सरकारलाई कर तिर्ने सोसल सेगुरन्स नम्बर लिएको भएमा सबै खारेज हुनेछन् ।
उता आमन्त्रण गर्ने लक्समबर्ग सिटी मेयर, परराष्ट्र मन्त्रालय, लक्समबर्गस्थित युरोपेली आयोग, संस्कृति मन्त्रालय लगायतलाई यस सम्बन्धी जानकारी गराइएको छ । पछिल्लो समय पोर्तुगल लगायत सबै युरोपेली देशहरु अध्यागमन नितिमा कडा रुपमा प्रस्तुत भएका देखिन्छन् । ती देशमा चोरी, ठगी, कीर्ते, झगडा हिंसा लगायतका अपराधिक गतिबिधी गर्ने जो सुकै प्रवासीलाई छुट दिएको देखिँदैन । संस्थाले ति ३ जना नेपाली त्यहाँबाट अन्य देशमा समेत भागेर जान सक्ने भन्दै २६ सेन्जेन सदस्य राष्ट्रमा समेत मुद्दा प्रकृया अगाडि बढाउने भएको छ ।
पोर्तुगलमा यसले गर्दा अन्य नेपालीहरुलाई समेत असर पर्ने देखिन्छ । अहिले सम्बन्धित मन्त्रालय, प्रशासनमा समेत घटनाको चर्चा नै चलेको छ ।
तामाङले ती राष्ट्रिय कलाकार बाहेक आयोजकलाई समेत झुक्काएर नक्कली कलाकार बनाई ३ जनालाई पोर्तुगल पुर्याउन सफल भएपनि ति सबै माथि आयोजकले मुदा चलाएको छ । उनीहरुमाथि ठगी कीर्ते कागजात लगायत तुरुन्त प्रकाउ गरी भरपाई माग एवम् अध्यागमन कानुन अनुसार देश फिर्ता गराउने मुद्दा दायर गरेको छ ।
आयोजकले दलाल राम कुमार तामाङ माथि समेत मानव तस्करको आरोपमा मुद्दा चलाएको छ भने सम्बन्धित भिसा दिने राजदूतावासलाई कारबाही गर्न सिफारिस गरेको छ । यस्तै आयोजकले यस बाहेक उनीहरुलाई अर्को ठगी कीर्ते कागजात गरी संस्थालाई ठुलो नोक्सानी गराएको भन्दै भरपाई सम्बन्धी मुद्दा दर्ता गर्ने बताएको छ ।