चरेस र यार्सागुम्बासहित इरानी नागरिक पक्राउ

yarsa gumbaकाठमाडौं, असोज ९  – अवैध लागुऔषध चरेस र यार्सागुम्बासहित इरानी नागरिक भहिद निक्जामिरलाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित स्क्रिन जाँचका क्रममा शनिबार उनलाई पक्राउ गरेको हो ।

सुटकेसमा फल्सबटम बनाई लुकाइछिपाई जेट एअरवेजबाट मुम्बई हुँदै श्रीलङ्काको कोलम्बो लाने क्रममा प्रहरी जाँचका सिलसिलामा बरामद गरिएको हो ।

पहिलोपटक सन् २०१३ मा नेपाल आएका भहिद यसपटक गत साउन ६ गते नेपाल आएका थिए । नेपालको चरेस राम्रो हुन्छ भनी यसपटकको पोखरा बसाइका क्रममा बाग्लुङमा गई आफैं गाँजा सङ्कलन गरी आफैँले चरेस बनाएको र आफ्नो श्रीलङ्का बसाइका क्रममा आफ्नै लागि सेवन गर्न हाल चरेस लैजान लागेको उनले प्रहरीलाई बयान दिएका छन् ।

उनका साथबाट ४०५ ग्राम यार्सागुम्बासमेत बरामद भएको ब्युरोले आज जनाएको छ ।

Loading...