खोलाले बगाएर बालकको मृत्यु

धनकुटा, ९ असोज – विद्यालय जाने क्रममा आज खोलाले बगाएर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको उत्तरपश्चिम गाविस चुङ्माङ गाविस–२ का रमेश योञ्जनका छ वर्षीय छोरा दिपेश योञ्जन स्कुल जाने क्रममा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बालशिक्षा प्राविमा कक्षा १ मा पढ्ने उनी १० वर्षीय दाजु दिनेशसँग विद्यालय जानेक्रममा घर छेउको ज्यामिरे खोलाले बगाएर ३०० मिटर तल शव भेटिएको जिप्रका धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले बताए । रासस