दुर्घटनाप्रति प्रधानमन्त्री स्तब्धः बेपत्ताको खोजी गर्न निर्देशन

prachandaकाठमाडौं, असोज १० – प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको त्रिशूली नदीमा जिप खसेर बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले ट्वीटरमार्फत घिमिरेको सवारी दुर्घटनामा परेको खबरप्रति स्तब्ध भएको भन्दै खोजीका लागि प्रशासनलाई निर्देशन दिएका हुन् ।

त्रिशूली नदीमा बेपत्ता घिमिरेसहित तीन जनाको खोजी गर्न सबै संयन्त्र परिचालन गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन् ।

आज अपराह्न मुग्लिनहुँदै काठमाडौँतर्फ आउँदै गरेको घिमिरे चढेको बा ९ च १५३१ नंको स्करपियो गाडी चितवनको दाह्रेचोकमा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो ।