loadsheddingकाठमाडौं, असोज १० – नेपाल विद्युत्त प्राधिकरणले दसैंमा दैनिक २ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ । फूलपातीदेखि पूर्णिमासम्म लोडसेडिङ दैनिक ४ घन्टा घटाइने प्राधिकरणले जनाएको छ ।

दसैं बिदामा उद्योगधन्दा तथा सरकारी कार्यालयसमेत बन्द हुने भई विद्युत्त खपत कम हुने भएकाले लोडसेडिङ घटाइने प्राधिकरणका एक अधिकारीले बताए । उद्योगधन्दाले मात्र ३ सय १५ मेगावट विद्युत्त खपत गर्दछ । हाल मुलुकमा विद्युत्तको माग १३ सय मेगावाट छ । विद्युत्त उत्पादन भने ७२० मेगावाट छ ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);