malesiaकाठमाडौं, असोज १० – मलेसिया जाने कामदारको संख्या निरन्तर ठूलो मात्रामा घटिरहेको छ । भिसा प्रक्रियाका विभिन्न चरणमा लाग्ने, सँगै स्वास्थ्य जाँचलगायतमा चर्को शुल्क लिने मलेसिया सरकारको अनुदान नीतिका कारण त्यहाँ जाने कामदारको संख्या घट्न थालेको हो ।

२०७१ असारमा मलेसिया जाने कामदारको संख्या ४४ हजार ९ सय ३८ थियो । ०७२ असारमा ८ हजार ३ सय ८३ जनामात्र मलेसिया गए । यो असारमा मकलेसिया जानेको संख्या झनै घटेर ६ हजार ४० पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्ला दुई वर्षमा मलेसिया जाने कामदारको संख्यामा करिब ७० प्रतिशतले कमी आएको छ ।