एजेन्सी – इस्लामको बदनाम गरेको आरोप लागेका एक जोर्डनी लेखकको हत्या भएको छ । उनीमाथि आफ्नो फेसबुक पेजमा इस्लामलाई व्यंग्य गर्न कार्टुन छापेको आरोप छ ।

अस्मानको एक अदालतबाहिर उभिरहेका बेला नाहित हतारमाथि ३ गोली हानिएको थियो । उनी उक्त अदालतमा तारेख धाइरहेका थिए । हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । हतारमा गत अगस्टमा भगवानको अपमान गरेको भन्दै १५ दिन थुनिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

}