सीरिया एउटा इस्लामिक देश हो । यहाँ विवाह गर्न योग्य पूरुषहरुको ठुलो खडेरी परेको छ । धेरै युवाहरु युद्धमा मारिसकेका छन् । भाग्न सक्ने जति विदेश पलायन भएका छन् ।wonam
देशमा चलेको गृह युद्धका कारण युवाहरु जुनसुकै पक्षको पनि शिकार भएका छन् । यसका कारण युवाहरुको संकट परेको छ भने युवतीहरुको संख्या अधिक भएको छ । इस्लाममा समलैंगिता विवाहलाई मान्यता छैन ।
यसका कारण पनि सीरियाका महिला तथा युवतीहरुको अर्को विकल्प पनि रहेको छैन । त्यसका कारण पनि उनीहरु आफैमा विवाह गर्न थालेका छन् । सीरियामा पछिल्लो समय भएका विवाहमा निकै आश्चर्य लाग्दो हुने गरेको छ ।
विवाहका सबै प्रक्रिया गरिन्छ, रितिरिवाज पनि पुरा गरिन्छ तर बेहुला भने हुदैनन् । सीरियामा पूरुषहरुलाई अनिवार्य रुपमा सेनामा भर्ती हुनुपर्ने नियम रहेको छ । यसैका कारण पनि धेरै युवाहरु मारिने वा देश नै छोडेर भाग्ने गरेका हुन् ।
युवाहरु नभएपछि सीरियामा ठुलो समस्या देखिन थालेको छ । विदेशीसँग विवाह गरेर देश नै छाड्ने युवती तथा महिलाहरुको संख्या पनि उच्च रहेको छ । देशकै युवाहरुसँग विवाह भएपनि उनीहरुलाई देश छोड्न महिला तथा युवतीहरु प्रेरित गर्ने गरेका छन् । marriage1
जब उनीहरुको श्रीमान् देशबाहिर पुग्न सफल हुन्छन् तब महिलाहरु आफ्ना बच्चा लिएर श्रीमान् भएको ठाउँमा जान सीरिया सरकारले अनुमति दिने गरेको छ । विदेशीसँग विवाह गर्न सीरियामा कुनै रोकतोक छैन । (एजेन्सिको सहयोगमा)document.currentScript.parentNode.insertBefore(s, document.currentScript);