जेष्ठ खेलाडीलाई सम्मान गरिने

काठमाडौं, असोज १० । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जेष्ठ खेलाडीहरुलाईसामूहिक सम्मान गर्ने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका ७० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ खेलाडीलाई मंगलबार सामूहिक सम्मान गरिने एकेडेमीका अध्यक्ष एवं सांसद् विनोद श्रेष्ठले जानकारी गराए ।press

विश्व जेष्ठ नागरिक दिवस– २०१६ को अवसरमा १ सय ५० भन्दा बढी खेलाडीलाई सम्मान गरिने बताइएको छ । त्यसका लागि नामवली संकलन गर्न एकेडेमीले राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गर्नुका साथै एकेडेमीको टिमले समेत विभिन्न क्षेत्रमा सम्पर्क गरेको जानकारी दिइयो ।