लोकमानसिंहलाई महाअभियोग लगाउन माग गर्दै डा. केसीले सुरु गरे ९औँ अनसन

काठमाडौं, असोज १० । पटक पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले आजदेखि नवौंपटक अनसन सुरु गरेका छन् ।
सरकारलाई दिएको अल्टिमेटममा पनि माग पूरा नभएको भन्दै चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका केसीले शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै अनसनको घोषणा गरेका हुन् ।kc
उनले चिकित्सा शिक्षा ऐन संसदको जारी अधिवेशनबाटै पारित गर्न, अख्तियार प्रमुख लोकमानसिंह कार्की र सदस्य राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउन, माथेमा आयोगको सिफारिस बमोजिम मेडिकल शिक्षा शुल्क लागू गर्न, निजी मेडिकल कलेजका प्रतिनिधिसमेत सम्मिलित समिति खारेज गर्न माग गरेका छन् ।