‘अब अफगानिस्तान र ईराक जान लगाईएको प्रतिबन्ध हटाईन्छ’

काठमाडौं, असोज १० । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ्गले अफगानिस्ता र ईराक दुवै देशको लागि यस अघि लगाईएको प्रतिबन्ध हटाउन लागेको स्पष्ट पारेका छन् । उनले यसबारेमा सरकारले आगामी क्याविनेटमा निर्णय लिने समेत जनाए ।
सोमबार राजधानीमा आयोजि साक्षात्कारमा बोल्दै मन्त्रीगुरुङ्गले उक्त कुराको खुलासा गरेका हुन् । मन्त्रीगुरुङ्गले भने, “दुवै देशमा कामदार पठाउने कुरामा अत्यधिक दबाब आएको छ, सरकारले सम्भवत्ः अबको क्याविनेटबाट यस बारेमा निर्णय गर्छ, प्रधानमन्त्री स्वयम्ले पनि मलाई प्रस्ताव पेश गर्न भन्नु भएको छ ।”
साक्षात्कारमा मन्त्रीगुरुङ्गले अफगानिस्तान र ईराकस्थित् अमेरिकी, बेलायतलगायतका दुतावासमा नेपाली कामदार पठाउन काठमाडौंस्थित् अ‍ेमेरिकी र बेलायती राजदुतले प्रधानमन्त्रीलाई भेटेरै दबाब दिएको उल्लेख गर्दै भने,“उहाँहरुले हाम्रो प्रधानमन्त्रीसँग भेटेर यस्तो दबाब दिनुभएको छ, त्यति मात्रै होईन नेपाली कामदारहरुको पूर्ण सुरक्षाको प्रत्याभुति गर्छौं भन्नुभएको छ, त्यसैले सरकारले चाँडै प्रतिबन्ध फुकुवा गरेर कामदार पठाउने प्रक्रिया खुलाउँछ ।” gurung
उनले रेड जोनबाट ग्रिन जोनसम्म पुर्याउनका लागि उनीहरुले बुलेटप्रुफ साधनको व्यवस्था गर्ने समेत प्रतिबद्धता जनाएको बताए । त्यस्तै उनले अहिले पनि कतिपय नेपाली कामदारहरुले टिकट काटेर बसेको भन्दै स्वयम् नेपालीहरुबाट समेत दबाब आएको स्पष्ट पारे ।
उनले म्यानपावर व्यवसायमा देखिएके विकृति विसँगतिहरु हटाउनका लागि आफूले सुधारको कार्यक्रमहरु ल्याउन लागेको जनाए । उनले भने,“यो क्षेत्रलाई सुधार गर्न र सक्षम र सवल बनाउनको लागि म नयाँ सुधारका कार्यक्रमहरु ल्याउन गईरहेको छु ।”
मन्त्रीगुरुङ्गले फ्रि भिसा फ्रि टिकटको नाममा कसैले मोटो रकम लिएको थाहा पाए त्यसलाई कडा भन्दा कडा कारवाही गर्ने समेत चेतावनी दिए । उनले अघि थपे,“फ्रि भिसा, फ्रि टिकट भन्ने अनि १० हजारको रसिद बनाउने, तर भित्र भित्रै २ लाख सम्म लिने गरेको कुरा बाहिर आएको छ, त्यस्तो गरिएको थाहा पाए म कुनै हालतमा छोड्दिन, कडा कारवाही गर्छु ।”उनले आफू फ्रि भिसा, फ्रि टिकट व्यवस्थाको विरुद्धमा नभएको जिकिर गरे ।
गुरुङ्गले अघि थपे, “मलाई प्रलोभनमा पार्ने गरि कुनै प्रस्ताव आयो भने वा पैसाको विटो लिएर कोही आए भने म पत्रकारहरलाई खबर गर्छु ।”