प्रमुख तीन दलका नेतालाई यथाशीघ्र सहमतिमा पुग्न सभामुखको निर्देशन

काठमाडौं, १० असोज । सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका नेतालाई व्यवस्थापिका–संसद् मातहतका विषयगत र विशेष समितिको गठन तथा सभापति चयनका सम्बन्धमा यथाशीघ्र सहमतिमा पुग्न निर्देशन दिएकी छन् ।
प्रमुख दलका केही नेता र प्रमुख सचेतकसँगको छलफलपछि सभामुख घर्तीले उनीहरुलाई उक्त निर्देशन दिएकी हुन् । कृषि तथा जलस्रोत र सार्वजनिक लेखा समितिको खाली रहेको सभापति चयन तथा संविधान कार्यान्वय, सांसदको आचरण अनुगमन र महाअभियोगसम्बन्धी समिति गठनका बारेमा सभामुखले प्रमुख दलका नेता र सचेतकलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गरेका थिए ।

;efd'v ;~rf/sdL{;Fu ;efd'v cf]g;/L 3tL{ z'qmaf/ a:g] elgPsf] Joj:yflks–;+;bsf] a}7s :ylut ePkl5 ;~rf/sdL{;Fu s'/f ub}{  . tl:a/ M /Tg >]i7, /f;;
सभामुखसँगको छलफलपछि यही असोज १४ गते कृषि तथा जलस्रोत समितिको सभापति चयन गर्ने सहमति भएको नेपाली काँग्रेसका नेता महेश आचार्यले जानकारी दिए । यसअघि उक्त समितिको सभापतिमा गगनकुमार थापा थिए । नेपाली काँग्रेसका भागमा परेको उक्त समितिमा अरू पार्टीका तर्फबाट दाबी नगर्ने विषयमा दलबीच समझदारी भइसकेको छ ।
नेकपा माओवादीका नेता एवम सांसद जनार्दन शर्मा वर्तमान सरकारमा सहभागी भएसँगै रिक्त रहेको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्राप्त गर्नेछ ।
सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिने व्यवस्था रहेको छ । गठन हुन बाँकी रहेका विशेष समिति सभापति र सदस्यहरुको चयन समानुपातिक आधारमा प्याकेजमै बाँडफाड गरेर अघि बढ्न सहमति भएको नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले बताए । “त्यसका लागि आगामी बिहीबार बस्ने प्रमुख दलका शीर्षनेताको वैठकबाट टुङ्गिने छ”, उनले भने ।
संसदीय सुनुवाइ विशेष समिति, संविधान कार्यान्वयन अनुगमन समितिलगायतको गठन, पद रिक्त रहेको कतिपय समिति सदस्यको पूर्णता दिने विषयमा स्पष्ट रुपमा प्रारम्भिक खाका प्रस्तुत गर्न व्यवस्थापिका–संसद् सचिवालयलाई जिम्मेवारी दिइएको नेकपा (माओवादी केन्द्र)का टेकबहादुर बस्नेतले जानकारी दिए ।
संसद्मा प्रतिनिधित्व गरेको सांसद सिट सङ्ख्याका आधारमा संसदीय समितिका सभापति चयन हुनुपर्ने भएकाले शीर्ष दलहरुबीच थप छलफलको आवश्यकता औँल्याइएको छ । सार्वजनिक लेखा समितिको सभापति एमालेले प्राप्त गर्ने सुनिश्चिता भएको हँुदा त्यो समेतका आधारमा नेकपा (एमाले)ले पाँच, नेपाली काँग्रेसले चार र नेकपा (माओवादी केन्द्र)को एक हुनेछ ।} else {

Loading...