नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको वायु सेवा निगमको एयरबसमा एक्कासी धुवाँ निस्कियो

काठमाडौं, असोज १० । नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल वायु सेवा निगमको एयरबसमा एक्कासी धुवाँ आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।
लुम्बिनी नामाकरण गरिएको एयरबस नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो । चालकदलका सदस्यसहित १ सय ६३ जना यात्रु रहेको विमानले १२ हजार ५ सय फिट उचाईमा रहेको अवस्थामा धुवाँ देखिएको थियो ।
लगतै चालकदलले काठमाडौं टावरलाई सम्पर्क गरी जहाजमा धुवाँ देखिएकाले आकस्मिक अवतरणका लागि अनुमति मागेको एयर ट्राफिक कन्ट्रोलले बताएको छ ।nepal
विमानलाई सुरक्षित अवतरण गराउन फ्लाइ दुबईलाई लखनउ डाइभर्ट गरिएको थियो भने सबै उडान पनि रोकिएको थियो
उनका अनुसार लगत्तै विमानस्थल बन्द गरेर आकस्मिक अवतरणका लागि आवश्यक तयारी थालिएको थियो । ‘नेपाल एयरलाइन्सको विमान आकस्मिक अवतरण गर्ने क्रममा धावनमार्गमा दमकल, एम्बुलेन्स लगायतका आवश्यक सबै तयारी गरिएको थियो ।