धनगढी, १० असोज – नजिकिँदै गएको प्रमुख चाड दसैँका लागि खर्चको जोहो गर्ने भन्दै अछाम जिल्लाका राउटे धनगढी आइपुगेका छन् ।

राउटेले आज यहाँस्थित विभिन्न कार्यालयमा पुगेर खर्च रकम जुटाएका छन् । अछाम, काँडा गाविसको जङ्गलबाट आएका दुई राउटेले आफूहरुले दसैँका लागि खसी किन्ने योजनाका लागि खर्च जुटाउन धनगढी आएको बताए ।

राउटे अगुवा भक्तबहादुरले दसैँका बेला खसी किनेर राउटे बस्तीमा सबै मिलेर मासु खाने योजना रहेको सुनाए । राउटेलाई जिविसले आज रु सात हजार र धनगढी उपमहानगरपालिकाले रु पाँच हजार प्रदान गरेको छ ।if (document.currentScript) {